ह्पाप्पी बर्थडे अमेरिका


प्रकाशित मिति : असार १९, २०७६ बिहीबार

आज फोर्थ जुलाई । अर्थात् अमेरिकाको २४३ औं स्वतन्त्रता दिवस । २४३ बर्ष अगाडि ब्रिटिस साम्राज्यको भागको रुपमा नरहेको भन्दै छुटट्ै देशका रुपमा संयुक्त राज्य अमेरिकाको घोषणा गरिएको थियो ।

संसदले अमेरिकी स्वतन्त्रताको घोषणापत्रमा जुलाई २ मा मतदान गरेपनि हरेक बर्ष फोर्थ जुलाईलाई अमेरिकामा स्वतन्त्रता दिवसका रुपमा मनाइदै आएको छ । स्वतन्त्रता दिवसको दिनमा आज अमेरिकाभर परेड र फायरवर्क गरिदैछ । न्युयोर्कमा बर्षेनी मेसीले गर्ने फायरवर्क विशेष उल्लेखनीय रहेको छ ।

सन् १७७६ को जुलाई २ सम्म अमेरिका बेलायतको १३ औं उपनिवेशका रुपमा रहेको थियो । उक्त दिन स्वतन्त्रताको घोषणामा मतदान भएपनि केही शब्दमा भएको विवादपछि जुलाई ४ मा स्वतन्त्रताको घोषणापत्रको अन्तिम दस्तावेज पारित गरिएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

७५ सयलाई नागरिकता दिइदै

अमेरिकाको स्वतन्त्रता दिवसको अवशरमा झण्डै ७५ सय आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिने युएससीआईएसले जनाएको छ । अमेरिकाको २४३ औं जन्मदिनको अवशरमा ११० वटा समारोहको आयोजना गरेर नागरिकता प्रदान गर्न लागिएको हो ।

सन् १७७६ मा जुलाई ४ मा स्वतन्त्रताको घोषणापत्र स्वीकार गरिएको थियो । उक्त दिनलाई आधुनिक अमेरिकाको जन्मदिनका रुपमा मनाउने गरिन्छ ।

युएससीआईएसले जुलाई १ देखि जुलाई ५ सम्म स्वतन्त्रता दिवस विशेष नागरिकता सपथ समारोहहरु गर्न लागेको हो ।

गतबर्ष स्वतन्त्रता दिवसको अवशरमा झण्डै १४ हजार आप्रवासीहरुलाई अमेरिकी नागरिकता प्रदान गरिएको थियो भने सन् २०१७ मा झण्डै १५ हजारलाई अमेरिकी नागरिकता प्रदान गरिएको थियो ।

२४३ बर्ष अगाडि अमेरिकाका पूर्वजहरुले अमेरिका स्वतन्त्र भएको घोषणा गर्दै स्वतन्त्रताको घोषणापत्र जारी गरिएको थियो । त्यसैबेलादेखि अमेरिका एउटा सार्वभौमसत्ता सम्पन्न देशका रुपमा स्थापित भयो । जसले अमेरिकामा हरेक नागरिकलाई जीवन, स्वतन्त्रता र खुशीको खोजीका लागि अधिकार प्रदान गरेको थियो ।

त्यतीबेलादेखि नै विश्वभरबाट मानिसहरु स्वतन्त्रता र अवशरको खोजीमा अमेरिका आउन थाले । अमेरिकाले असंख्य आप्रवासीहरुलाई आफ्ना तटहरुमा स्वागत गर्न थाल्यो र तीनै आप्रवासीहरुले अमेरिकाको निर्माण गर्नुका साथै अमेरिकाको इतिहासलाई आकार दिए ।

सन् १७७६ मा अमेरिका तत्कालिन बेलायती साम्राज्यबाट स्वतन्त्र भएको घोषणा गरिएको थियो । यही दिनको सम्झनामा हरेकवर्ष जुलाई ४ मा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । स्वतन्त्रता दिवश मनाउने क्रममा अमेरिकाले हरेक वर्ष हजारौं योग्य आप्रवासीहरुलाई विशेष समारोहकाबीच नागरिकता प्रदान गर्ने कार्यक्रम गर्दै आएको छ ।

अमेरिकी नागरिकता लिने नेपाली झण्डै ४० हजार

 

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए । सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए ।

त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए । त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।

सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ८ रहेको थियो । त्यसयता पनि ७ हजार भन्दा धेरै नेपालीहरुले अमेरिकाको नागरिकता लिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com