फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएपमा फोटो डिस्प्लेमा समस्या


प्रकाशित मिति : असार १८, २०७६ बुधबार

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपका कैयन प्रयोगकर्ताहरुले फोटो अपलोड गर्नमा र अपलोड गरिएको फोटो हेर्नमा समस्या उत्पन्न भएको जनाएका छन् । कैयन फेसबुक प्रयोगकर्ताहरुले फेसबुक लगइन गर्नमा समस्या समेत भोगिरहेका छन् ।

इन्स्टाग्राममा फोटो र भिडियोमा पोष्ट गर्नमा पनि समस्या उत्पन्न भएको छ । फेसबुकमा फोटो पोष्ट गरिएको स्थानमा बक्समात्र देखिने गरेको छ । फेसबुकको इनबक्समा पनि फोटो र भिडियो पठाउनमा समस्या देखिएको छ ।

कतिपय फेसबुक प्रोफाइलमा प्रोफाइल फोटोहरु पनि देखिएको छैन । प्रोफाइल फोटोमा खाली देखिने गरेको भन्दै प्रयोगकर्ताहरुले सामाजिक सञ्जालमा लेखिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com