Follow @khasokhasmag

जुलाई ४ को आतसबाजी यो बर्ष ब्रुकलिन ब्रिजबाट


प्रकाशित मिति : असार १७, २०७६ मंगलबार

अमेरिकाको जन्मदिनको अवशरमा जुलाई ४ मा यो बर्ष न्युयोर्कको बु्रकलिन ब्रिजबाट आतसबाजी निकालिने भएको छ ।

मेसीले यसपटक ४३ औं पटक आतसबाजी निकाल्न लागेको हो ।

बु्रकलिन ब्रिज र लोयस्ट इस्ट रिभरबाट आतसबाजी सुरु गरिने मेसीले जनाएको छ । जुलाई ४ मा राती ९ बजेर २० मिनेट जाँदा आतसबाजी सुरु हुनेछ ।

सन् २०१४ मा पनि मेसीको आतसबाजी बु्रकलिन ब्रिजबाटै गरिएको थियो । यो बर्षको आतसबाजी न्युजर्सीबाट पनि प्रस्टसँग हेर्न सकिने भएको छ ।

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com