लैंगिक तथा यौनिक अल्पसंख्याक गौरवपूर्ण परेडमा न्युयोर्कमा दशौं हजारौं सडकमा


प्रकाशित मिति : १५ असार २०७६, आइतबार

समलिंगी गौरवता मनाउन न्युयोर्कमा दशौं हजार परेडमा सहभागी भएका छन् । इन्द्रेणी झण्डाका साथ न्युयोर्कको डाउनटाउन म्यानहटनमा गौरवपूर्ण परेड प्रदर्शन गरिएको हो ।

अमेरिकामा पहिलोपटक मनाइएको वर्ल्ड प्राइड उत्सवमा अमेरिकाका र विश्वका विभिन्न देशका हजारौं सहभागी भएका थिए । जुन महिनालाई लैंगिक तथा यौनिक अल्पसंख्यकको गौरवको महिनाका रुपमा विश्वभर मनाइन्छ । जुन महिनाको अन्तिम दिन न्युयोर्कमा प्रदर्शन गरिएको हो ।

परेडमा लैंगिक तथा यौनिक अल्पसंख्यक तथा पक्षधरहरुको उपस्थीति रहेको थियो । अमेरिकाबाहिरका १ सय ५० भन्दा धेरै समुहहरुले परेडमा सहभागिता जनाएका थिए ।

अर्को विश्वब्यापी परेड सन् २०२१ मा कोपनहेगनमा आयोजना गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com