आइसको छापामा नसघाएको भन्दै होमल्याण्ड सेक्युरिटीका कार्यकारी सेक्रेटरीमाथि राजिनामाको दवाव


प्रकाशित मिति : असार ११, २०७६ बुधबार

ट्रम्प प्रशासनभित्रका हार्डलाइनरहरुले डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युटिरीका कार्यकारी सेक्रेटरीलाई राजिनामाका लागि दवाव सृजना गरिरहेको समाचार बाहिर आएको छ ।

ट्रम्प प्रशासनभित्रका पाँचजना अधिकारीहरु र होमल्याण्ड सेक्युरिटीका ४ जना पूर्व कर्मचारीको हवाला दिदै पोलिटिकोले यस्तो समाचार प्रकाशित गरेको छ ।

कार्यकारी सेक्रेटरी केभिन म्याकएलिननले तीनमहिना अगाडिमात्र पदभार ग्रहण गरेका थिए ।

आइसका पूर्व निर्देशक थोमस होम्यान लगायत ट्रम्प प्रशासनभित्रका हार्डलाइनरहरुले उनको कडा आलोचना गर्दै आएका छन् । कार्यकारी सेक्रेटरीमाथि गत हप्ता इमिग्रेशनले सुरु गर्ने भनेको छापामा सहयोग नगरेको आरोप समेत लगाइएको छ ।

यसैबीच सीबीपीका कार्यकारी कमिश्नर जोन स्याण्डर्सले पनि जुलाई ५ देखि लागु हुनेगरी राजिनामा दिने भएका छन् ।

तर उनले आफ्नो राजिनामाको कारणबारे सार्वजनिक रुपमा केही बताएका छैनन् । दक्षिणी सिमानामा अराजकता फैलिइरहेको सन्दर्भमा स्याण्डर्सको राजिनामा आउन लागेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com