उपत्यकाका सबै विश्व सम्पदालाई खतरा सूचीमा राख्दै युनेस्को


प्रकाशित मिति : असार ११, २०७६ बुधबार

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौँ उपत्यकाका सबै विश्व सम्पदालाई ‘खतराको सूची’ मा राख्ने प्रस्ताव गरेको छ ।

प्रस्तावबारे युनेस्कोको आगामी जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा हुने ४३औँ सेसनमा छलफल हुने भएको छ ।

प्रस्ताव पारित भए काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदामा सूचीकृत क्षेत्रहरुको अन्तर्राष्ट्रिय पहिचान संकटमा पर्न सक्ने चिन्ता पुरातत्व विभाग स्रोतले व्यक्त गरेको छ ।

उपत्यका काठमाडौँ, ललितपुर र भक्तपुर दरबार स्क्वायर, पशुपतिनाथ मन्दिर, बौद्धनाथ, स्वयम्भूनाथ, चाँगुनारायण मन्दिर क्षेत्र विश्व सम्पदामा छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युनेस्कोले उपत्यकामा भूकम्पमा क्षतिग्रस्त पुरातात्विक दरबार र मन्दिर पुननिर्माणमा ढिलाइ गरेको, सम्पदा संरक्षणमा उचित ध्यान दिन नसकेको , पशुपतिनाथ क्षेत्रको बीचाट सडक खोलेको, कंक्रिटको संरचना बनाएको उल्लेख गर्र्दै खतराको सूचीमा राख्ने प्रस्ताव गरेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com