अमेरिका आउने आप्रवासीलाई मेक्सिकोमै कडाई, २४ घण्टाभित्र देशनिकाला


प्रकाशित मिति : असार ५, २०७६ बिहीबार

मेक्सिको र अमेरिकाबीचको सहमतिपछि अमेरिकातर्फ आउँदै गरेका आप्रवासीहरुलाई मेक्सिकोमा नै कडाई गर्न थालिएको छ । मेक्सिकोले आफ्नो सिमानामा सुरक्षा गार्डहरु परिचालन गरेर मेक्सिको हुँदै अमेरिका आउने आप्रवासीहरुलाई पक्राउ गर्न र फिर्ता पठाउन थालेको छ ।

मंगलबार अधिकारीहरुले एउटा चेकप्वाइन्टमा एकसयजना आप्रवासीहरुलाई पक्राउ गरेर ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो आप्रवासी प्रकृया केन्द्र सिग्लो एक्सएक्सआईमा लगेका थिए । त्यहाँबाट उनीहरुलाई २४ घण्टाभित्र उनीहरुका देशमा फिर्ता पठाउन प्रकृया चालिएको थियो ।

शनिबारदेखि मेक्सिकन नेभीले ग्वाटेमालासँगको सिमा जोडिएको नदीक्षेत्रमा आप्रवासीहरुका परिचयपत्रहरु चेक गर्न थालेको छ । यो बर्षको ४ महिनाको अवधिमा मेक्सिकोले सरदर पक्राउ परेका पाँचमध्ये ४ जनालाई देशनिकाला गरेको छ ।

अमेरिका र मेक्सिकोबीचको एउटा सहमतिमा मेक्सिकोले अमेरिकातर्फ आउने आप्रवासीको प्रवाह कम सघाउने उल्लेख छ । यदि त्यसो गर्न नसकेमा अबको केही दिनमा मेक्सिकोहुँदै अमेरिकातर्फ आउने आप्रवासीले अमेरिकाको साटो मेक्सिकोमा नै एसाइलम आवेदन दिनुपर्नेछ । जुलाईको मध्यतिर अमेरिकाको प्रगतिविवरण चेक गर्नेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com