‘होस्टेल ब्याक अगेन’का लागी अमेरिकामा कलाकारकाे खाेजी, पूरै चलचित्र अमेरिकामा छायांकन गरिने


प्रकाशित मिति : असार ३, २०७६ मंगलबार

व्यवसायिक रुपमा सफल मानिएको नेपाली चलचित्र ‘होस्टेल’को तेस्रो संस्करण ‘होस्टेल ब्याक अगेन’का लागी अमेरिकामा कास्टिंग कलको आहवान गरिएको छ । चलचित्र दुर्गीश फिल्म्स् र ब्ल्याक हर्स प्रोडकसन एल एल सी को संयुक्त ब्यानरमा निर्माण हुनेछ ।

पहिलाे र दाेस्राे चलचित्रका कलाकार अनमाेल के.सि., गाैरव पहारी, सलाेन बस्नेत,प्रकृति श्रेस्ठ,रिस्ता बस्नेत , सुशिल श्रेष्ठ, नाजिर हुसेन,सुशिल सिटाैला, स्वस्तिमा खड्का अभय बराल लगायत नेपाली चलचित्रमा यतिबेला व्यस्त कलाकारकाे रूपमा चिनिन्छन् ।

विभिन्न देशबाट अमेरिकामा पढ्न गएका अन्तरराष्ट्रिय विद्यार्थीका कथा समेटिएको यस चलचित्रको निर्देशन सुनिल रावलले गर्दैछन् । यस अघिका चलचित्र ‘हाेस्टेल’ हेम राज विसिले र ‘हाेस्टेल रिटर्न्स’ सुरज भुषालले निर्देशन गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलाे चलचित्रमा चिकित्सा शास्त्रका विद्यार्थीकाे हाेस्टेल जीवनकाे कथा समेटिएकाे थियाे भने ‘हाेस्टेल रिटर्न्स’मा इन्जिनियर बन्न हाेस्टेलमा बसेका विद्यार्थीकाे कथा देखाइएकाे थियाे । चलचित्रमा कथा भने सुनिल रावलकै हाे ।

आवेदन दिने अन्तिम मिती अगष्ट १५, २०१९ सम्मलाई तोकिएको छ।

आवेदन दिन चाहनेहरुले एकप्रति पूर्णकदको तस्वीर र एकप्रति हेडशट, सम्पर्क इमेल, फोन नम्बर र अमेरिकाको ठेगाना, २ मिनेट सम्बाद सहित अभिनय गरेको भिडियो, खेलकुद, नृत्य, तरवारबाजी, संगीत जस्ता कुनै क्षमता भएको, कुनै अनुभव वा तालिम भएको खण्डमा त्यसको विवरण, पहिले कतै अभिनय गरेको भएमा त्यसको भिडियो लिंकसहित [email protected]  मा इमेल गर्न सक्नेछन् ।

पहिलो चरणको अडिशनबाट चलचित्रका मुख्य कलाकारहरुको छनौट गरिने भएको छ । मुख्य भूमिकामा रहेका ५ जना पुरुष र ३ जना महिला गरी ४० जना कलाकारहरुको छनौट गरिने सुनिल रावलले जानकारी दिए ।

२० बर्षदेखि २७ बर्षसम्मको केटा र १८ देखि २५ बर्षसम्मको केटीले आवेदन दिन सक्नेछन् । छनौट हुने कलाकारले चलचित्रका लागि कम्तीमा २० दिन समय दिनुपर्ने जनाइएको छ । पूरै चलचित्र अमेरिकामा छायांकन हुने समेत जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com