युरोपको शेंगेन भिसामा नयाँ नियम, भिसा शुल्कबृद्धिदेखि ५ बर्षे मल्टिपल भिसा


प्रकाशित मिति : असार २, २०७६ सोमबार

युरोपको शेंगेन भिसामा सहजता ल्याउने गरी गरिएको संसोधनलाई युरोपियन युनियनले औपचारिक रुपमा स्वीकार गरेको छ । नयाँ परिमार्जन सन् २०२० मा शेंगेन क्षेत्रको भ्रमण गर्ने पयर्टकका सन्दर्भमा लागु हुने अपेक्षा गरिएको छ ।

नयाँ नियमपछि अब युरोपको शेंगेन क्षेत्रको भ्रमण गर्न चाहने पर्यटकहरुले ६ महिना अगाडिसम्म भिसाका लागि आवेदन दिन सक्नेछन् । यस अगाडि शेंगेन भिसाका लागि भ्रमण गर्नका लागि तय भएको मितिबाट बढीमा ९० दिनअगाडिमात्र आवेदन दिन पाउने प्रावधान रहेको थियो ।

त्यस्तै शेंगेन भिसाका लागि पर्यटकहरुले जानुभन्दा कम्तीमा १५ दिन अगाडि आवेदन दिनुपर्ने प्रावधान नयाँ नियममा रहेको छ । कतिपय स्थानमा पयर्टकहरुले विद्युतीय रुपमा नै आवेदन भरेर विद्युतीय हस्ताक्षर गर्न सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै लगातार यात्रा गर्ने सकारात्मक यात्रा इतिहास भएका पर्यटकहरुले १ देखि ५ बर्षसम्मको मल्टिपल इन्ट्री शेंगेन भिसा प्राप्त गर्न सक्नेछन् । तर नयाँ नियमले छोटो अवधिको पर्यटक भिसा शुल्क भने ६० युरोबाट बढाएर ८० युरो बनाउने भएको छ । ६ देखि १२ बर्षसम्मका बच्चाका हकमा भने ३५ युरोबाट बढाएर ४० युरो बनाइनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com