‘म समलिंगी हुँ के मलाई अँगालो हाल्छौ ?’ काठमाडौंमा फेशन डिजाइनर सुभमको सामाजिक परिक्षण


प्रकाशित मिति : असार २, २०७६ सोमबार

नवोदित फेशन डिजाइनर तथा मिस्टर एण्ड मिस थारु २०१७ का फस्ट रनरअप सुभम चौधरीले काठमाडौंमा समलैगितकताबारे एउटा सामाजिक प्रतिकृयाको परिक्षण गरेका छन् । समलिंगी तथा तेश्रो लिंगी गौरव महिना चलिरहँदा उनी काठमाडौंको सडकमा म समलिंगी हुँ, के मलाई अँगालो हाल्छौ भन्ने प्लेकार्ड सहित उभिएका थिए ।

इनिसियटिभ गे युथको पहलमा गरिएको यो सामाजिक परिक्षणका क्रममा कैयनले उनलाई देखेर मजाक उडाए भने कैयनले उनी समक्ष पगेर अँगालो हालेका थिए । समलिंगी र तेश्रोलिंगीप्रतिको नकारात्मक दृष्टिकोणमा परिवर्तनमा लागि आफूहरुले यस्तो अभियान संचालन गरेको चौधरीले बताएका छन् ।

इटहरीका २२ बर्षीय सुभम चौधरीलाई यो अभियानका लागि विवेक मगर र मनिल सिंहले समेत साथ दिएका थिए । काठमाडौंका प्लेकार्डसहित उभिएका सुभमले समलिंगी गौरवता झल्काउने टिसर्ट समेत लगाएका थिए ।

समलैंगिक गौरवता झल्काउने टिसर्ट किन्न यहाँ क्लिक गर्नृहोला ।

ठमेल, वशन्तपुर, दरवार स्क्वायर लगायका स्थानमा यसरी उभिएपछि कैयनले उनीतिर हेरेर हाँस्दै हिडेका थिए भने कतिपयले अप्ठ्यारो मानेको जस्तो अनुभव समेत गरेका थिए । तर कैयन युवायुवतीहरु उनीतिर आएर अँगालो हाले, तब उनी निकै उत्साहित भएका थिए ।

खासगरी युवा पुस्ताले राम्रो रेस्पोन्स गरेको र आफूसँग अँगालो मार्दैैै कतिपयले आफूहरुसमेत समलिंगी, तेश्रो लिंगी, दुईलिंगी भएको बताएको सुभमको अनभुव रह्यो । तर खासगरी ३० बर्ष उमेर काटेका वा पुरानो पुस्ताकाहरुले भने खासै रेस्पोन्स नगरेको सुभमले बताए ।

सुभमले भने – ‘सुरुमा नर्भस भएँ तर पछि नयाँ पुस्ताको सकारात्मक रेस्पोन्स पाउँदा निकै खुशी लाग्यो । पुरानो पुस्तालाई भने हामीले अझै पनि समलैगिकताबारे बुझाउन जरुरी देखिन्छ ।’

‘एकजना ४० बर्ष जतिको पुरुषले त मलाई तिमी केटाको कपडा लगाएको छौ, तिमी त समलिंगी वा तेश्रो लिंगी जस्तो देखिन्नौ समेत भने । हामीले समलैंगिकताबारे सामाजिक रुपमा बुझाउन धेरै कुरा बाँकी छ ।कथित शिक्षित बर्गसमेत यसबारे भ्रमित देख्दा अचम्म लाग्छ । ‘ –  सुभमले आफ्नो अनुभव बताए ।

भिडियो हेर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com