थाइल्याण्ड अन्तर्राष्ट्रिय फेशन उत्सवको रनवेमा हिड्दै दिक्पाल कार्की


प्रकाशित मिति : जेष्ठ ३०, २०७६ बिहीबार

आगामी जुन ३० मा थाइल्याण्डमा हुने थाइल्याण्ड अन्तर्राष्ट्रिय फेशन उत्सवको रनवे मोडलका रुपमा मिस्टर मोडल अफ द वल्र्ड दिक्पाल कार्की हिड्ने भएका छन् । कार्की उक्त फेशन उत्सवमा चर्चित डिजाइनरका विभिन्न पोशाकहरुमा प्रस्तुत हुनेछन् ।

फेशन, प्रेम र संस्कृतिलाई प्रतिनिधित्व गर्ने गरी थाइल्याण्ड र अन्य विदेशी फेशन डिजाइनरहरुलाई एउटै प्लेटफर्ममा ल्याउनका लागि फेशन शोको आयोजना गरिएको आयोजकले जनाएको छ । विभिन्न अन्तर्राष्ट्रिय फेशन शो र प्रतियोगिताहरुमा सहभागिता जनाउँदै आएका नेपाली मोडल दिक्पाल कार्कीले यो फेशन उत्सवका लागि छनौट भएकोमा खुशी व्यक्त गरेका छन् ।

अल्टिच्युड इन्टरनेशनल गु्रप थाइल्याण्डको आयोजनामा हुने यो फेशन उत्सवका लागि आयोजक संस्थासँग नेपालबाट ड्रिम सर्च एजेन्सीले समन्वय गरेको छ । जसका सीईओ कमल निकोन क्षेत्री रहेका छन् । ड्रिम सर्च एजेन्सीले क्षेत्रीको पहलमा नेपाली मोडलहरुलाई विभिन्न अन्तर्राष्ट्रिय शोहरुमा प्लेटफर्म समेत उपलब्ध गराउँदै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दिक्पाललाई उनको फेसबुक पेजमा फ्लो गर्न यहाँ क्लिक गर्नुहोला ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com