अमेरिकी मुलधारमा नेपाली : राज्य सांसददेखि राष्ट्रपतिको सल्लाहकारसम्म


प्रकाशित मिति : जेष्ठ २९, २०७६ बुधबार

– अनिल अधिकारी

अमेरिकी कानुनले प्राकृतिक नागरिकता लिएकाहरुलाई राष्ट्रपति र उपराष्ट्रपति बाहेकका उच्चतम पदमा रहेर काम गर्ने अधिकार दिएको छ । आप्रवासीहरुको मुलुक भनेर चिनिने देश अमेरिकामा पूर्वराष्ट्रपति बराक ओबामालाई पनि पहिलो अफ्रिकन अमेरिकन राष्ट्रपति भनिन्छ ।

यही कानुनी अधिकारबाट धेरै आप्रवासीहरु यहाँको उच्चतम पदमा पुगेका छन् । नेपालबाट अमेरिका आएकाहरु समेत केही बर्षमै यहाँको मलुधारको राजनीतिमा सकृय छन् । नेपाली मुलका अमेरिकन नागरिकहरु राष्ट्रपतिको सल्लाहकारदेखी राज्य सांसद, नगरपरिषद सदस्य, उपमेयर देखी तिनका सल्लाहकार सम्म छन् ।

बाध्यता या रहरले अमेरिका भित्रिएकाहरु मध्येबाट कानुनको अधिनमा रहि भविश्य सुनिश्चित गर्नुका साथै मुलधारको राजनीतिमा समेत आफुलाई स्थापित गर्ने नेपालीहरुको संख्या बढ्दो छ । अहिले धेरै प्रतिस्पर्धीहरु मैदानमा छन्, भने केहीले जितेर इतिहास समेत रचेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी इतिहास बनाउने नेपालीहरुको पहिलो लिष्टमा छन् ह्यारी भण्डारी । नेपालको पर्वत जिल्लामा जन्मिएका भण्डारी गत नोभेम्बरमा राज्य सभाको चुनाव जितेर अमेरिकी सांसद बनेका छन् । अमेरिका पुगेको १५ बर्षमै उनले अमेरिकी इतिहासमा नेपालीमुलको नागरिक अमेरिकी सांसद भएर इतिहास बनाए । १० बर्षदेखी अमेरिकी मुलधारको राजनीतिमा सक्रिय राज्य सांसद भएका भण्डारी डेमोक्रयाटिक पार्टीका केन्द्रिय सदस्य समेत हुन् । आगामी राजनीतिको समेत स्पष्ट खाका कोरेका भण्डारीले मुलधारको राजनीतिमा छलाङ मार्ने सम्भावना छ ।

यसैगरी अर्को कृतिमान कायम गर्ने नेपाली हुन्, नेपालको बिकट जिल्ला संखुवासभामा जन्भिएकी सञ्चिता श्रेष्ठ प्रधान । प्रधानले महाशक्ति राष्ट्र अमेरिकाको राष्ट्रपति सल्लाहकार भएर इतिहास बनाएकी छन् । प्रधानले यसअघिका राष्ट्रपति बराक ओबामाको सल्लाहकार भएर एशियन अमेरिकन तथा नेपालीको पक्षमा काम गर्ने अवसर प्राप्त गरिन् । सन् २००६ मा डिभि परेर अमेरिका आएकी प्रधान आयोवा डिर्पामेन्ट अफ ह्यूमन राइट एशियन प्यासेफिक आइल्याण्डर अफेयर्समा कार्यकारी अधिकृतका रुपमा काम गर्दै आएकी छन् । अमेरिकामा नेपाली नाम रोशन नेपाली अमेरिकन नागरिक हुन् संचिता प्रधान । प्रधान अमेरिकामा रहेका नेपालीहरु अमेरिकी मुलधारमा आउनुपर्ने धारणा राख्दछिन् ।

यसैगरी केही दिन पहिले दोश्रो कार्यकालका लागि उपमेरको शपथ खाएका नेपाली हुन किरण सिटौला । इण्डियन नगरपालिकाको उपमेयरको शपथ ग्रहण गरेका सिटौलालाई यहाँको सार्वजनिक पदमा निर्वाचित पहिलो व्यक्तिका रुपमा लिइन्छ । बख्खु लगाएर दोश्रो कार्यकालका लागि शपथ खाएका सिटौला २५ बर्षदेखी अमेरिकामा छन् । अध्ययनका लागि अमेरिका छिरेका सिटौलालाई अमेरिकी कानुनले दिएको अधिकार प्रयोग गरेर काम गर्ने इच्छा शक्तिले उपमेयर बनायो ।

अब पालो नगरपरिषद सदस्य बनेर इतिहास बनाएका प्रदीप ढकालको । नेपालको झापा जिल्लामा जन्मिएका ढकाल भर्जिनिया राज्यको टाउन अफ हर्डनमा काउन्सिल मेम्बर अर्थात नगर पदिषद सदस्य छन् । सात जना काउन्सिल मेम्बर बिजयी हुनुपर्ने गत नोभेम्बरको चुनावमा ढकाल ३ हजार ८८ मत ल्याएर चुनिएका हुन् ।

सन् २००६ मा अध्ययनका लागि अमेरिका आएका ढकाल छोटो समयमै नगरपरिषद सदस्य भएका छन् । नेपालको बिकासको गतिलाई तिव्र रुपमा लैजाउनुपर्ने भएकाले सबै निर्वाचित पदाधिकारीहरु इमान्दार भएर लाग्नुपर्ने बेला आएको उनको धारणा छ ।

यसैगरी नगरपरिषद बनेका अर्का नेपाली हुन्, अर्घाखाँचीका मधु पन्थी । १९ बर्ष अघि डिभी परेर अमेरिका आईपुगेका पन्थी अहिले भर्जिनिया राज्य अन्र्तगत टाउन अफ हेमार्केटका काउन्सिल म्यान छन् । काठमाण्ठौंबाट स्नातकोत्तर सम्मको अध्ययन पुरा गरेका पन्थी नेपालमा नेपाली कांग्रेसको राजनीतिमा पनि सक्रिय थिए । डिभीले मलाई अमेरिका ल्याएयो, पन्थी भन्छन्, समाजसेवा र राजनीति मैले नेपालदेखिनै गर्दै आएको थिएँ अहिले अमेरिकी जनताको सेवा गरिरहेको छु । दुई बर्षे कार्यकालका लागि नगरपरिषद सदस्य रहेका पन्थी व्यवसायीक रुपमा मेडिकल सेन्टर चलाएर बसेका छन् ।

यस्तै अमेरिकामा नेपाली महिलाहरुको नाम उचो बनाउने नारी हुन्, बिष्णुमाया परियार । गोर्खाको ग्रामिण भेगमा दलित परिवारमा जन्मिएकी बिष्णुमाया परियार न्यूजर्सी राज्यको जर्सी सिटीको मेयर सल्लाहकार छिन् । छात्रबृत्तिमा अध्ययनका लागि अमेरिका आईपुगेकी परियार करिव २० बर्षमा यहाँको मध्यमवर्गिय आयस्तर भएकाहरुको हैसियमा जागिर खाँदै मेयरको सल्लाहकार भएर काम गरिरहेकी छन् । दलित आन्दोलनकी अगुवा परियारले नेपाली महिलाहरुको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय फोरमहरुमा नेपालको नामलाई उचो बनाएकी छन् ।

यसरी नेपालबाट अमेरिका आएकाहरु छोटो समयमै निर्वाचित पदाधिकारीका साथै उच्च तहको पदमा निर्वाचित, नियुक्त भएर अलग्गै पहिचान बनाउन सफल भएका छन् । नेपाल सरकारले छुट्टै योजना बनाएमा नेपालको समृद्धिमा हातेमालो गर्न तयार रहेको उनिहरुको संक्षिप्त प्रतिकृया छ । उनिहरुले विश्व समुदायको फोरममा नेपालको नामलाई उचो राख्ने काम गरेका छन्, भन्छन्, विई आर केम फ्रम नेपाल ।

खसोखास सम्पादक अनिल अधिकारीको यो रिपोर्ट यसअघि अन्नपूर्ण पोष्टमा प्रकाशित भएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com