ट्रम्प भर्सेस न्यायालय : कार्यकारी आदेश कार्यान्वयनका लागि गरिएको पुनरावेदन अस्वीकार


प्रकाशित मिति : माघ २३, २०७३ आईतबार

अमेरिकी सरकारको कानुन मन्त्रालय (डिपार्टमेन्ट अफ जस्टिस) ले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश पुनबहाल गराउनका लागि हालेको अनुरोधलाई पुनरावेदन अदालतले अस्वीकार गरिदिएको छ ।

सातवटा मुस्लिम देशहरुका व्यक्तिलाई भिसामा प्रतिबन्ध लगाउने र शरणार्थी कार्यक्रममा अस्थायी रोक लगाउने ट्रम्पको कार्यकारी आदेश सदर गराउन अनुरोध गर्दै सरकारले ट्रम्पका पक्षमा पुनरावेदन अदालतमा अनुरोध गरेको थियो ।

पुनरावेदन अदालतले पनि कार्यकारी आदेशको विपक्षमा सरकारी पुनरावेदन अस्वीकार दिएपछि यसलाई ट्रम्प प्रशासनको ठूलो पराजयका रुपमा हेरिएको छ । साथै ट्रम्पको कार्यकारी आदेशमा रोक लगाउने निर्णय सुनाएका शियाटलका न्यायाधिसको निन्दा गर्ने ट्रम्पलाई अर्को झड्का लागेको छ ।

राष्ट्रपति ट्रम्पले इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिक तथा शरणार्थीमाथिको प्रतिबन्ध अमेरिकालाई मुस्लिम अतिवादीहरुबाट बचाउनका लागि आवश्यक भएको बताउदै आएका छन् । शियाटलका न्यायाधिसको निर्णय र पुनरावेदन अस्वीकारपछि प्रभावित देशहरुका नागरिकहरुलाई तत्कालिन रुपमा अमेरिका आउनका लागि बाटो खोलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुनरावेदनको संक्षिप्त निर्णयमा वासिंटनको शियाटलका संघीय न्यायाधिसको निर्णयलाई खारेज गर्नका लागि दिइएको आवेदन अस्वीकार गरिएको छ । सोमबार वासिंटन र मिनेसोटाको राज्य एवं सरकारका तर्फबाट थप प्रस्तुतीको अपेक्षा गरिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com