नेपालीको लगानीमा संचालित सगुनको मुल्य २ मिलियनबाट १९३ मिलियन डलर


प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार

नेपालीको लगानीमा संचालित सामाजिक सञ्जाल सगुनको मुल्य १९३ मिलियन अमेरिकी डलर नाघेको सगुनले दावी गरेको छ । सन् २०१३ मा सुरुवात हुँदा सगुनको मुल्य २ मिलियन अमेरिकी डलर निर्धारण गरिएको थियो ।

स्वतन्त्र पेशागत मुल्य निर्धारक फर्महरुको सहयोगमा मुल्य निर्धारण गरिएको र त्यसमा सगुन लाइट लगायतका उत्पादनहरुलाई समावेश नगरिएको जनाइएको छ । सगुन लाइट अहिले एन्ड्रोइड र आईओएस एप्लिकेशनमा पनि उपलब्ध रहेको छ ।

पोष्टहरुलाई शीर्षक अनुशार वर्गिकरण गर्ने जस्ता वर्तमान सामाजिक सञ्जालहरुमा उपलब्ध नभएका विशेषताहरु सगुनमा रहेका छन् । साथै प्रयोगकर्ताले युट्युबमा जस्तै अज्ञात रहेर अर्थात् पोष्ट गर्ने व्यक्तिले नचिन्ने गरी लाइक, अनलाइक गर्नसक्ने सुविधा समेत सगुनमा रहेको छ । जसका कारण प्रयोगकर्ताले कुनै हिचकिचाहट विना नै आफ्नो अभिवक्ति लाइक, अनलाइकमार्फत व्यक्त गर्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हाल सगुनका वेवसाइट र एप्लिकेशनमा झण्डै ३२ लाख प्रयोकर्ताहरु रहेको सगुनले जनाएको छ । त्यस्तै सोसल स्मार्ट कार्डका लागि पूर्वाधार तयार भइसकेको तथा गोप्य सन्देश, मुड टक जस्ता विशेषताहरु आउन लागेको जनाइएको छ ।

सगुनमा हालसम्म विश्वभरका ६४ देशबाट साढे ४ मिलियन डलर भन्दा धेरै लगानी भइसकेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com