मृगौलाको पत्थरी हटाउने खानेकुराहरु


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

हामीकहाँ मृगौलाको पत्थरीका विरामीको कमी छैन्, झन झन बढ्दै गएका छन् । पत्थरीको आकार केही साना हुन्छन् भने केही ठूला । सानो खालको पत्थरीलाई प्राकृतिक उपायमार्फत पिसाबबाट पनि निकाल्न सकिन्छ ।

हामी यस्ता खानेकुराकोबारे वर्णन गर्दैछौँ जसले पत्थरीबाट बचाउँछ ।

बेथेको साग
मिर्गौलाको पत्थरी निकाल्नका लागि बेथेको साग उपयोगी मानिन्छ । यसका लागि आधा किलो बेथेको साग उमालेर छान्नुपर्छ र त्यसमा मरिच, जीरा र हल्का रुपमा सिधे नुन मिसाएर दिनमा चारपटक पिउने गर्नुपर्छ । यसो गर्नाले मृगौलाको पत्थरी निको हुन्छ ।

तितो करेला
करेला निकै तितो हुने हुनाले यसलाई निकै कम मानिसले मात्र मन पराउँछन् । तर मृगौलाको पत्थरीका बिरामीका लागि यो अमृत नै मानिन्छ । करेलामा पाइने म्याग्नेसियम र फस्फोरसले पत्थरी बन्नबाट रोक्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

केरा
नियमित रुपमा केराको सेवन गर्नाले मृगौलाको पत्थरीबाट छुटकारा दिन्छ । यसमा हुने भिटामिन बी ६ ले अक्जेलेट क्रिस्टल बन्नबाट रोक्छ र स–साना ढुंगालाई टुक्रा पार्छ । भिटामिन बीको १ सय देखि १ सय ५० मिलिग्राम दैनिक रुपमा सेवन गर्नाले मृगौलाको पत्थरीबाट राहत मिल्छ ।

अंगुर
अंगुुरले प्राकृतिक मूत्रबबर्द्धकको रुपमा कार्य गर्ने भएकाले यसले मृगौलाको पत्थरी निको पार्न महत्वपूर्ण भूमिका खेल्छ । यसमा पोटासियम र पानी भरपूर मात्रामा हुने हुनाले पनि यसले मूत्रबर्द्धकको काम गर्छ ।

अनार
अनारको बियाँ र रसमा भएको टर्रोपनका कारण मृगौलाको पत्थरीमा प्राकृतिक औषधिको काम गर्छ । अनार किफायती र असरदार पनि हुन्छ ।

तुलसी
तुलसी सबैजसो बिरामीका लागि लाभदायक मानिन्छ । तुलसीका चियाले मृगौलाको पत्थरीबाट छुटकारा पाउन सहयोग मिल्छ । कम्तिमा एक महिनासम्म तुलसी चिया पिएमा पत्थरी पिसाबबाट निस्कन्छ ।

कागतीको रस
जैतुनको तेलका साथ कागतीको रस मिसाएर सेवन गर्नाले मृगौलाको पत्थरीलाई निको पार्छ । कागतीको रस र जैतुनको तेल दुवै सबै खालको स्वास्थ्यका लागि राम्रो मानिन्छ र सजिलै उपलब्ध हुन्छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com