प्लास्टिक सर्जरीबाट रुप बिग्रिएका बलिउड अभिनेत्रीहरु


प्रकाशित मिति : जेष्ठ २४, २०७६ शुक्रबार

बलिउडमा प्लास्टिक सर्जरी गर्ने अभिनेत्रीको लिस्ट लामो छ । ऐश्वर्या राय बच्चन, शिल्पा शेट्टी, गौहर खान, कैटरिना कैफ, प्रीति जिन्टा लगायत अभिनेत्रीहरुले ग्ल्यामरको लागि प्लास्टिक सर्जरी गरेका छन् । तर, राम्रो देखिनको लागि प्लास्टिक सर्जरी गर्ने अभिनेत्रीहरुले धोका पनि खाएका छन् । जसको कारण उनीहरु ट्रोलको शिकार पनि भएका छन् । प्लास्टिक सर्जरी बिग्रिंदा मोनी राय ट्रोलको शिकार भइन् । यहाँ प्लास्टि सर्जरी बिग्रिएका केही अभिनेत्रीहरुको चर्चा गरिएको छ ।

मोनी राय
सलमान खानको फिल्म ‘भारत’को विशेष शोमा देखिएकी मोनी अहिले सामाजिक सञ्जालमा छाएकी छन् । उनले ओठको सर्जरी गराएकी छिन् । तर, उनको सर्जरी बिग्रिएर ओठ भद्धा देखिएको छ । ट्रोल गर्नेहरुले उनलाई राखी सावन्त र माइकल ज्याक्सनसँग तुलना गरिरहेका छन् । मोनीले पहिला पनि ओठको सर्जरी गरेकी थिइन् । दोस्रो पटक ओठको सर्जरी गर्दा उनलाई भारी परेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कंगना रनोट
कंगना रनावतको पहिलो फिल्म ‘ग्याङस्टार’ देखि अहिले सम्म लुक्समा निकै परिवर्तन आएको छ । उनले ओठको सर्जरी गराएकी थिइन् । जसको कारण कंगनाको मजाक उडेको थियो ।

राखी सावन्त
कन्ट्रोभर्सी क्वीन राखी सावन्तले धेरै पटक प्लास्टिक सर्जरी गरेकी छिन् । राखिले प्लास्टिक सर्जरीको कुरा खुलेरै गर्ने गरेकी छिन् । तर पनि उनी ट्रोलको शिकारबाट बच्न सकेकी छैनन् । उनले नाक र वक्षस्थलको सर्जरी गराएकी छिन् । उनको सर्जरी बिग्रेको पनि छ । तर पनि उनी कहिल्यै मुख छोपेर हिडिनन् ।

अनुष्का शर्मा
अनुष्का शर्माले ओठको सर्जरी गराएकी थिइन् । त्यतिबेला उनी सर्जरीले गर्दा ट्रोल भएकी थिइन् । उनको सर्जरी पछि करण जोहरको शोबाट फोटो भाइरल भएको थियो । उनको लिप्सलाई सामाजिक सञ्जालमा ‘डक लिप्स’ भनिएको थियो ।

आयशा टाकिया
आयशा टाकियाले पनि ओठको सर्जरी गराएकी थिइन् । जसको कारण उनको पुरै अनुहार बिग्रिएको थियो । त्यसपछि उनलाई अनुहारको अरु पार्ट पनि सर्जरी गर्नु परेको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com