टोप बहादुर भैँसी पालनमा !


प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार

सुमन कार्की/ मेहनत र परिश्रम गरेपछि त्यसको नतिजा राम्रै हुन्छ । धैर्यता र निरन्तरताले मानिसलाई अझ उद्देश्य पूरा गर्न महत्त्वपूर्ण भूमिका खेली रहेको हुन्छ । पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने हुँदैन । यस्तै एक उदाहरण बन्न सफल भएका छन् ‘किरण डेरी फार्म’का सञ्चालक टोप बहादुर पाण्डे क्षेत्री ।

५ वर्ष वैदेशिक रोजगारमा दु:ख पाएर नेपाल फर्केका तानसेन नगरपालिका ९ टिन्टीआप, पाल्पाका टोप बहादुर पाण्डे क्षेत्री अहिले गाउँमै फर्म सञ्चालन गरेर मनग्गे आम्दानी गरिरेहका छन् । उनले फर्मसँगै भैँसी पालन पनि गरेका छन् । उनी भैँसीसँगै रमाउन थालेको पनि ६ वर्ष पूरा भइसकेकाे छ ।

क्षेत्रीले २०७० सालमा १ वटा भैँसीबाट व्यवसाय सुरु सुरू गरेका थिए । २०७३ सालमा उनले ५ वटा भैँसी पुराएर किरण डेरी फार्म दर्ता गरेको वताउछन् । डालेघाँसको लागि ३० रोपनी जग्गासमेत लीजमा लिएको उनको भनाई छ ।

उनले भैँसीपालनबाट स्वदेशमै मनग्य आम्दानी गर्न सकिँदो रहेछ भन्ने राम्रो उदाहरण दिएका छन् । विदेशमा केही वर्ष दु:ख गरेर गाउँ फर्किएका क्षेत्रीले आफूले विदेश गरेको दु:ख सम्झी पुन: विदेश जाने योजनालाई त्यागेर स्वदेशमै पसिना बगाउने योजना बनाएका हुन् । क्षेत्रीले विदेश जाने पैसाले उनले भैँसीपालन सुरू गरेका थिए ।

उनको फार्ममा अहिले ४ वटा भैँसी पुगेका छन् । ४ वटै दुहुना छन् । अहिले भैँसीको सङ्ख्या घटेपनि केही समय पछि भैँसी थप्ने योजना रहेको उनी बताउछन् ।

अहिले प्रतिदिन २५ देखि ३० लिटर दूध ८० रुपियाँ लिटरका दरले, र केही दही र घ्युउसमेत बिक्री गर्ने गरेको र यसबाट मासिक खर्च कटाएर ६० हजार आम्दानी हुने गरेको क्षेत्रीले बताउँछन् । उत्पादन भएकाे दूध, दहि र घ्युउकाे लागि कुनै पनि डेरी धाउनु पर्दैन । सबै सहकारी मार्फत विक्री हुन्छ । खरिदको लागि घरै मानिसहरू आउने पनि उनी बताउछन् ।

पैसा कामउनकाे लागि घुम्ने कुर्चीमा बस्नु पर्छ भन्ने छैन

उनी काम भन्ने कुराे साने-ठूलाे नभएकाे बताउनछन् । उनले भने- “मलाइ भैँसीको गोबर सोर्नु, घाँसको भारी बाेक्नु कुनै लाज लाग्दैन, पैसा कमाउनकाे लागि धेरै पढेर वा घुम्ने कुर्चीमा बस्नु पर्छ भन्ने छैन ।’

क्षेत्रीले यस फार्मबाट ५ जनाको आफ्ना परिवार पाल्न सफल बनेका छन् । आफूलाई भैँसीपालनमा आफ्नो परिवारबाट पनि पूर्ण सहयोग मिलेको बताउछन् । भैँसीकाे हेरचाहकाे लागि आफू ,आमा र श्रीमती बिहानदेखि साँझसम्म लाग्ने बताउछन् ।

भैँसी पालनबाट परिवार सन्तुष्ट भएको उनी बताउछन् । भैँसी पालनले राम्रो फाइदा दिन थाले पछि अहिले क्षेत्रीकाे परिवार यसैमा रमाउन थालेका छन् । परदेशमा रहँदा १०/१२ घण्टा पसिना बगाउँदा पनि ३०–४० हजार कमाउन गाह्राे हुने र आफ्नै देशमा घरै परिवारसँग रमाउँदै मासिक ६० हजार कमाउन पाउँदा धेरै खुसी लागेको क्षेत्री परिवारको भनाइ रहेको छ ।

भैँसीपालन गर्दा फर्म दर्ता गरेपनि केही कतैबाट कुनै पनि सरकारी, सहकारी संस्थाबाट सहयोग नमिलेको उनको गुनासो रहेको छ । त्यही पनि उनी आफ्नो कर्ममा विश्वास गर्दै अगि बढिरहेका छन् ।

किसानलाई बेला बेलामा सरकारी अनुदान, तालिम, आवश्यक प्राविधिक सहयोग दिन सकियो भने किसानलाई कृषि प्रति थप आकर्षित गर्न सकिन्थ्यो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com