संचारकर्मीमाथि  कार्यकक्षमै आक्रमण,टाउकोमा गहिरो चोट


प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार

सुनसरीको धरानमा संचारकर्मीमाथि एक समुहले कार्यकक्षमै आक्रमण गरेको छ । सञ्चारकर्मी दिलबहादुर राईमाथि गएराति अपरीचित समुहले आक्रमण गरेको हो । धरान चत्तारा लाईनमा रहेको एक अनलाईन टेलिभिजनमा काम गरिरहेका बेला आफुमाथि एक्कासी आक्रमण भएको प्रहरीसमक्ष बताएका छन् ।

आक्रमणबाट राईको टाउकोमा गहिरो चोट लागेको छ । घाईते भएका राईलाई गएरातिनै विपी कोइराला बिज्ञान प्रतिष्ठान घोपा लगिएको थियो । उनको टाउकोमा ६ टाँका लगाइएको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् । राईमाथि आक्रमण गर्ने मध्येका एक फुर्वा शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

केही दिन अघि मात्रै सुनसरीकै ईटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले संचार कर्मीमाथि हातपात गर्ने धम्की दिंदै आएका थिए । त्यसको केही दिनमै यस्तो घटना भएको हो । मेयर चौधरीले इटहरीका पत्रकारलाई नाकको हड्डी भाँच्छु भन्दै धम्की दिएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com