अमेरिकी विमान कम्पनीले चेतावनी दिँदै भन्यो : ३ सय बढी विमानहरूको पखेटामा समस्या हुन सक्छ


प्रकाशित मिति : जेष्ठ २२, २०७६ बुधबार

अमेरिकी विमान निर्माता कम्पनी बोइङले केही ७३७ विमानका पखेटामा समस्या हुनसक्ने चेतावनी दिएको छ । बोइङले विश्वभरका ३ सय भन्दा बढी विमानहरूको विङ्ग स्लट्स भनिने भागमा सम्भावित त्रुटी रहेको पहिचान गरेको छ ।

विङ्ग स्लट्सले उडान र अवतरणका बेला जहाजको गतिलाई व्यवस्थापन गर्ने काम गर्छ ।अमेरिकी उड्डयन नियामकले प्रभावित भागहरू असफल हुन वा चर्कन सक्ने बताएको हो ।

संघीय उड्डययन प्रशासनिक प्राधिकरण एफएएले अनुपयुक्त निर्माण प्रक्रियाका कारण समस्या देखापरेको जनाएको छ । बोइङको पखेटामा सम्भावित समस्या रहेको खबर आएपछि उक्त कम्पनीको शेयर मूल्यमा समेत गिरावट आएको छ ।

दुईवटा दुर्घटनापश्चात ७३७ म्याक्स जहाजको संसारभर उडान बन्द भएर समस्यामा रहेको बोइङ कम्पनीको विमानहरूमा यस्ता समस्याहरू देखिएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com