यम बरालले पाउने भए ५० हजार राशीको छिन्नलता राष्ट्रिय सम्मान


प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार

प्रतिष्ठित गायक यम बराललाई यस बर्षको छिन्नलता विशेष सम्मान प्रदान गरिने भएको छ । ५० हजार राशीको उक्त सम्मान आगामी असारमा हुने एक समारोहका बीच प्रदान गरिने जनाइएको छ ।

यसबर्षको छिन्नलता विशेष सम्मान गायन तर्फ यम बराल, गीतकारतर्फ बुद्धवीर लामा, युवा पुरस्कारबाट लोक दोहोरी गायक प्रकाश सपुतलाई प्रदान गरिने भएको छ ।

त्यस्तै छिन्नलता गीत पुरस्कार भने बद्रीदुर्गा खरेललाई प्रदान गरिने भएको छ । छिन्नलता गीत पुरस्कार गुठीले हरेक बर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com