बलिउडको जी म्युजिक कम्पनीले रिलिज गर्यो जसवन्त श्रेष्ठको गीत


प्रकाशित मिति : जेष्ठ १९, २०७६ आईतबार

चारपटक एमी अवार्डको नोमिनेशनमा परिसकेका अमेरिका निवासी नेपाली मुलका कलाकार जसवन्त देव श्रेष्ठको गीत बलिउडको जी म्युजिक कम्पनीले रिलिज गरेको छ । अमेरिकाको क्यालिफोर्निया निवासी श्रेष्ठको स्वरमा रहेको गीत भारतको प्रतिष्ठित जी म्युजिक कम्पनीले रिलिज गरेको हो ।

रवी बस्नेतको शब्द र संगीत रहेको तु मुझमे जी रहा है बोलको हिन्दी गीतमा अभिनय पनि जसवन्तदेव श्रेष्ठले नै गरेका छन् । उनलाई अभिनयमा रीम कादेमले साथ दिएकी छिन् । गीत हिन्दी र अँग्रेजी भाषामा रहेको छ ।

क्रियटिभ हाइट्स इन्टरटेन्टमेन्ट क्यालिफोर्नियाले उत्पादन गरेको गीतका उत्पादक जसवन्त देव श्रेष्ठ आफै हुन् । गीत क्यालिफोर्नियामा नै रेकर्ड गरिएको हो । जसवन्तले द ट्रिजन, टाइ द नट, मुस्ताङ सेक्रेट्स वियोण्ड द हिमालयज लगायतका चलचित्रमा समेत अभिनय गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनी सन् २०१६ देखि १८ सम्म ४ पटक एमी अवार्डको नोमिनेशनमा परिसकेका छन् । सन् २०१६ मा ट्राभल शोको संचालकका रुपमा, सन् २०१७ मा ट्राभल शोको दोश्रो भागका लागि, सन् २०१८ मा बृत्तचित्रको निर्देशन र वाचनका लागि एमी अवार्डको नोमिनेशनमा परेका थिए । जसवन्त फेसबुकले निर्माण गरेको विज्ञापन द फस्र्ट डेट नामको विज्ञापनमा पनि देखा परेका थिए । जसलाई करोडौंले हेरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com