टेक्सासमा सांगीतिक रक ब्यान्ड १९७४ एडीको बेजोड प्रस्तुति हुने


प्रकाशित मिति : श्रावण २६, २०७३ बुधबार

– विजय थापा 

नेपालको चर्चित सांगीतिक रक ब्यान्ड १९७४ एडीले अमेरिकाको टेक्सास राज्यको डालसमा आफ्नो प्रस्तुति गर्ने भएको छ। सन् १९९३ मा निराकार याक्थुम्बा, फिरोज स्याङ्देन र भानु एले १९७४ एडीको स्थापना गरिएको १९७४ एडीमा गायक रोहितजोन क्षेत्री र प्रज्जवल मुखिया १९७४ एडीमा आवद्ध भएका छन् ।

यसै गरि गायक एड्रियन प्रधान र गिटारिस्ट मनोजकुमार केसी १९९८ मा ब्यान्डसंग आवद्ध भएका थिए । हाल आएर १९७४ एडीको २३ वर्ष सांगीतिक यात्रामा एड्रियन प्रधान, फिरोज स्याङदेन, निराकार याक्थुम्बा, मनोजकुमार केसी, संञ्जय श्रेष्ठ, मनोस सिंह र भानु ए लगायत आवद्ध भइसकेका छन् ।

भर्खर नेपालमा ‘१९७४ एडीमा नयाँ सदस्यहरु आवद्ध भए पछि ‘हजार सपना’ सार्वजनिक गरेका छन् भने १९७४ एडीले नयाँ एल्मबमा ‘सानैको’ र ‘हजार सपना’ लगायत आठ वटा गीतहरु समावेश गरेको छ।

टेक्सासको डालसमा हुन् गइ रहेको सांगीतिक यात्रामा पहिलो पटक आयोजना हुन् लागको हो। र प्रथम पटक पांच वटा संस्थाहरु ,नेपाल ११ ,माई ईलाइट ईवेन्ट ,आहा प्रो डक्स न तथा ईम्पायर इनटरटेनमेन्टले आयोजना गर्ने भएको जानकारी नेपाल ११ का प्रमुख प्याट्रिक सुबेदीले दिएका छन्। उनले अगाडी भने यस्तो मौका बारम्बार नाआउने हुनाले डालसका समुदायले कलाकारहरुलाई हौशला प्रदान गर्नु हुने कुरामा आफु विश्वस्त भएको बताए ।

कार्यक्रमलाई भव्यताको साथ सम्पन्न गर्न सम्पूर्ण डालस परिवार लागि परेका छन् सुबेदीले भने। यसै गरि सांगीतिक मण्डली तथा संगीत कार्यक्रमलाई पूर्ण समर्थन गर्न नेपाली समाज टेक्सास ,इन्द्रेणी कल्चरल एसोसिएसन् ,लाइन्स क्लब ,एनआरएन ,ब्लड डोनर्स अफ अमेरिका ,युएनसीओएन ,एफ १ ग्रुप ,मोमो इन्टरटेन्टमेन्ट ,डि टिइन्टरटेन्टमेन्ट ,डालस गोर्खाज ,हिमालयन हुप्स तथा युटिए नेपाली स्टुडेन्ट्स संस्थाहरु रहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com