नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्यु


प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार

आज विश्व धूम्रपानरहित दिवस ,धुम्रपानका कारण स्वास्थ्यमा पार्ने असर र त्यसले निम्त्याएको क्षतिबारे सचेतनामूलक कार्यक्रमको आयोजना गरि मनाइदैछ । सूर्तिजन्य पदार्थको नेपाल लगाएत विश्वका धेरै मुलुकमा बिक्रि वितरणमा सरकारले चर्को कर लगाएपनि ब्यापारमा भने कमि आएको देखिन्न ।  ‘सुर्तिजन्य पदार्थ वा फोक्सोको स्वास्थ्य’ भन्ने मुल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरेर धुम्रपान रहित दिवस मनाइँदै छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाका अनुसार नेपालमा मात्रै झण्डै ९० लाख व्यक्ति धुम्रपान र सुर्तिजन्य पदार्थको सेवनमाको कुलतमा फसिरहेका छन् भने सुर्तिजन्य पदार्थको सेवनका कारण नेपालमा प्रत्येक दिन ७४ जनाको मृत्य हुने गरेको समेत तथ्याँकले देखाएको छ ।
तर विश्व स्वास्थ्य संगठनका अनुसार हरेक ८ सेकेन्डमा एक जनाको मृत्यु सूर्ति सेवनका कारणले हुने गर्दछ भने १० जनामध्ये एक जना वृद्धको अकालमा चुरोट सेवनका कारणले मृत्यु हुने गर्दछ। यस्ता विभिन्न कारणबाट मृत्यु हुनेको संख्यालाई जोड्दा समेत धुम्रपानका कारणले हुने मृत्यूको सख्या भन्दा धेरै हुन नसक्ने जानकारहरुले बताएका छन्।

मन्त्रालयका अनुसार नेपालमा बर्सेनि २७ हजार १ सय ३७ जनाको सुर्तिजन्य पदार्थ सेवनका कारण लाग्ने रोगबाट मृत्युवरण गर्नु परेको छ। चिकित्सकहरुले फोक्सोको क्यान्सरका कारण १७ प्रतिशत पुरुष र १४ प्रतिशत महिलाहरुको मृत्यु हुने गरेको बताएका छन्। धुम्रपानका कारण मानिसहरुमा फोक्सोका क्यान्सर मात्र नभएर मुटुरोग, मधुमेह, श्वासप्रश्वास, उच्चरक्त चाप जस्ता विभिन्न दिर्घ रोगले भयावह रुप लिँदै गइरहेका छन्। त्यस्तै, सुर्तिजन्य पदार्थ सेवन नगर्ने तर सेवन गर्ने व्यक्तिको वरिपरि बसी धुँवा लिने व्यक्तिहरुलाई धेरै असर पर्ने गरेको समेत चिकित्सकहरुले बताउछन् । नेपालमा ४७ सय ३२ टन चुरोटका फोहोर बट्टा जम्मा हुने गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com