लक्सोराइडमा कन्भर्टेवल नोट किन्दा १ हजार डलरको लगानी लाखौं बन्नसक्छ : जयस श्रेष्ठ, सीईओ


प्रकाशित मिति : जेष्ठ ११, २०७६ शनिबार

नेपालीको लगानीमा अमेरिकामा संचालित लक्सोराइडले कन्भर्टेवल नोटको योजना अगाडि ल्याएको छ । जस अन्तरगत चालक र निकटवर्तीहरुले एकहजार डलरदेखि २० हजार डलरसम्मको लगानीको अवशर पाउनेछन् । १८ महिनासम्म ५ प्रतिशत ब्याज र त्यसपछि शेयरमा रुपान्तरण हुने यो कन्भर्टेवल नोटका अन्य धेरै फाइदाहरु रहेका छन् । यसै सेरोफेरोमा रहेर लक्सोका संस्थापक तथा सीईओ जयस श्रेष्ठसँग गरिएको कुराकानी ।

लक्सोराइडले ड्राइभरलाई दिने भनेको इन्सेन्टिभ कस्तो खालको हो ?

यो कन्भर्टेवल नोट अन्तरगत चालकहरुले आफूले लगानी गरेको रकममा १८ महिनासम्म ५ प्रतिशत ब्याज पाउनेछन् । १८ महिनापछि उनीहरुलाई आफ्नो पैसा फिर्ता पाउने अप्सन पनि छ । वा त्यसलाई शेयर वा लगानीमा रुपान्तरण गर्न सक्नेछन् । पैसा पनि फिर्ता नलिने र शेयर पनि नलिनेहरुले १८ महिनापछि ७ प्रतिशतका दरले ब्याज पाउनेछन् । यो कन्भर्टेवल नोट किन्नेहरु लक्सो क्लबको सदस्य बन्नेछन् र उनीहरुले हरेक राइडमा १० प्रतिशत छुट समेत पाउनेछन् । कन्भर्टेवल नोट किन्न रुची भएकाहरुले [email protected] मार्फत सम्पर्क गर्न सक्नेछन् ।

यो लगानीको सुविधा चालकलेमात्र पाउने हुन् ?

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

लक्सोको अहिलेको सुविधा निकटवर्ती र चालकहरुलाई मात्र हुनेछ । यसमा पहिलो प्राथमिकता नेपाली मुलका व्यक्तिलाई नै दिइन्छ । तर कालान्तरमा निकटवर्ती अरु व्यक्तिले पनि यो सुविधा पाउन सक्नेछन् ।

यो योजनामा नेपाली चालकहरुको कत्तिको आकर्षण पाउनुभयो?

चालकहरुको निकै आकर्षण बढेको छ । कतिले त यो अवशर लिईसक्नु भएको छ । कतिपय व्यक्ति लिने प्रकृयामा हुनुहुन्छ । यसबाट चालकहरुलाई अमेरिकी कम्पनीको स्वामित्व लिने अवशर हुनेछ । लक्सोले आफ्नो सुविधा बढाउदै लैजाने क्षमताको समेत विकाश गर्नेछ । आईपीओमा जाँदासम्म एकहजार डलरको लगानी लाखौं डलरमा पनि बदलिन सक्छ । अहिले न्यूनतम १ हजार डलर र अधिकतम २० हजार डलर लगानी गर्ने अवशर रहेको छ । कानुन व्यवसायीको टिमले कागजात तयार गरेको छ । अमेरिकाको सबै राज्यबाट लगानी गर्न सकिनेछ । पछि हामी विश्वब्यापी रुपमा पनि जाँदै छौं । क्रेडिट कार्ड, नियमित चेक वा बैंक डिपोजिटमार्फत लगानी गर्न सकिन्छ ।

यात्रु र चालकलाई लक्सो प्रयोग गर्दा र अरु एप्लिकेशनमार्फत यात्रा गर्दा के फरक हुन्छ ?

यात्रुहरुलाई सरचार्ज लगाइदैन । अरु एप्लिकेशनमा व्यस्त समयमा भाडादार बढ्ने हुन्छ । तर लक्सोको भाडादर सधै नियमित हुन्छ । लक्सोको प्रति कारोबार चालकलाई ८५ प्रतिशत रकम जान्छ । यात्रुहरुलाई पनि विभिन्न शुल्क वा चार्जका नाममा अतिरिक्त रकम तिर्नुपर्दैन । लक्सोले ड्राइभरलाई बढी पैसा दिने भएकाले उनीहरुले कम काम गरेपनि पुग्ने हुन्छ । यात्रुहरुले राइड शेयर गर्ने झन्झट पनि लक्सोमा हुँदैन ।

लक्सोमा गरेको लगानी नडूब्ने कुराको ग्यारेन्टी कसरी गर्नुहुन्छ ?

यसको जिम्मा कम्पनीले लिन्छ । राइड शेयर उद्योग प्रविधिको क्षेत्रमा असाध्यै छिटो विकाश भइरहेको क्षेत्र हो । त्यसैले हामी आशावादी हुनुपर्छ । त्यसैले माथिजाने भन्दा तल जाने चान्स छैन । तर घाटामा गएमा कम्पनीको सम्पत्ति बेचेर त्यसको असुलउपर गर्ने प्रावधान रहेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com