दूबै मृगौला फेल भएका गुल्मीका थापाद्वारा सहयोग को अपील - KHASOKHAS

दूबै मृगौला फेल भएका गुल्मीका थापाद्वारा सहयोग को अपील

कालीगण्डकी गाउपालिका वाड न ५ फोक्सिङ घर भई हाल रुपन्देहीको सैनामैना बस्दै आएका ४२ वर्षीय मृगौला रोगि दान बहादुर थापाले मृगौला प्रत्यारोपणका लागि सहयोगको अपिल गरेका छन । परिवारको आर्थिक अबस्था कमजोर भएको कारण उपचारमा कठिनाइ भएकाले आर्थिक सहयोग जुटाइदिन परिवारले अपिल गरेका हुन ।

उच्च रक्तचापका कारण बिरामी परेर अस्पताल गएका थापाको चेकजाँच गर्दा दुबै मृगौला फेल भएको थाहा भएको हो । गाडी चलाएर घरपरिवार धान्दै आएका थापा नै बिरामी परेपछि परिवार संकटमा परेको छ । मासिक ५० हजार औषधि खर्च लाग्ने भएपछि उपचारमा निकै कठिनाई भएको उनकी श्रीमती तारा थापाले बताइन ।

थापाका कक्षा १० मा अध्ययन गर्ने एक छोरा र कक्षा ११ मा अध्ययन गर्ने एक छोरी छन । थापाको लुम्बिनी प्रादेशिक अस्पताल ग्रान्डी , बिर अस्पताल हुदै हाल गौतम बुद्ध मुटु हस्पिटलमा उपचार भइ रहेको छ ।रास्टिय बाणिज्य बैकमा दान बहादुर थापाको नाममा रहेको खाता नम्बर ३१२००३९७३९१० मार्फत सहयोग रकम प्रदान गर्न उनीहरुले आपिल गरेका छन ।

मङ्लबार, जेष्ठ ७, २०७६ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री

WP2Social Auto Publish Powered By : XYZScripts.com