अमेरिकी विदेश मन्त्रीमा रेक्स टिलर


प्रकाशित मिति : माघ २०, २०७३ बिहीबार

अमेरिकाको सिनेटले विशाल तेल कम्पनी एक्जनमोबीलका पूर्व प्रमुख कार्यकारी रेक्स टिलरसनलाई राष्ट्रपति ट्रम्पको विदेश मन्त्रीमा अनुमोदन गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुद्वारा विदेश मन्त्रीमा मनोनयन गरिएका रेक्स टिलरसनलाई सिनेटले अनुमोदन गरेपछि अब विदेश नीतिमा ताजा दृष्टिकोण अपनाउने बेला आएको बताएका छन्।

टिलरसनद्वारा पदभार ग्रहणको समारोहका बेला बोल्दै उनले आफ्नो प्रशासनले बेहोर्ने अन्तर्राष्ट्रिय चुनौति सामना गर्न टिलरसन सक्षम हुने बताए। विगतमा कुनै पनि सार्वजनिक पद धारण नगरेका टिलरसनलाई उनको रुससंग निकट भनिएको सम्बन्धलाई लिएर आलोचना गरिएका थिए।

विशाल तेल कम्पनीका पूर्व प्रमुख टिलरसनले रुसी सरकारी तेल कम्पनी रोसनेफ्टसंग अर्बौं डलर बराबरका व्यापारिक सम्झौता गरेका थिए। सन् २०१३ मा उनलाई क्रेमलिनले अर्डर अफ फ्रेन्डशीप नामक उपाधि दिएको थियो।

सिनेटको सुनुवाईका क्रममा टिलरसनले रुसी आक्रामकतालाई लिएर पश्चिमा जगत चिन्तित हुनुपर्ने कारण रहेको स्वीकारेका थिए। तर उनले रुसी राष्ट्रपति पुटिनलाई युद्ध अपराधीको संज्ञा दिन भने अस्वीकार गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकाका मुख्य कुटनीतिज्ञको हैसियतमा अब टिलरसनले रुस तथा चीनसंगको अमेरिकाको सम्बन्ध तथा जलवायु परिवर्तन अनि मानव अधिकार जस्ता विषयमा राष्ट्रपति ट्रम्पका निम्ति काम गर्नुपर्नेछ।
सिनेटमा उनको अनुमोदन बारे भएको मतदानमा रिपब्लिकनले उनको समर्थन गरेका थिए भने अधिकांश डेमोक्र्याटले उनको विरोध गरे।

विदेश मन्त्रीको रुपमा टिलरसनको पहिलो चुनौति भने विदेश मन्त्रालय भित्रै राष्ट्रपति ट्रम्पको आप्रवास सम्बन्धी आदेशलाई लिएर फैलिएको चिन्ता समाधान गर्नु रहनेछ। झण्डै एक हजार कर्मचारी तथा कुटनीतिज्ञले यात्रा प्रतिबन्धको नीतिको विपक्षमा एक मेमोमा हस्ताक्षर गरेका छन्। साथै उक्त आदेशले बिच्किएका युरोपेली नेता तथा देशहरुसंगको सम्बन्ध पुनर्स्थापित गर्ने जिम्मा उनको काँधमा आइपरेको छ।

बीबीसी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com