मिस्टर ग्लोबल म्यानमारमा दिक्पाल कार्की कोरियोग्राफर


प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार

सन् २०१८ का मिस्टर मोडल अफ द वल्र्ड दिक्पाल कार्कीले म्यानमारमा हुने मिस्टर ग्लोबल म्यानमारको कोरियोग्राफी गर्ने भएका छन् । मिस्टर ग्लोबल म्यानमारबाट छानिने प्रतिस्पर्धीले मिस्टर ग्लोबलमा भाग लिनेछन् ।

दिक्पाल आफैले पनि नेपालबाट छानिएर सन् २०१६ मा मिस्टर ग्लोबलमा भाग लिएका थिए । सन् २०१४ देखि हुँदै आएको मिस्टर ग्लोबलमा मिस्टर ग्लोबल म्यानमारले हरेक बर्ष सहभागी पठाउँदै आएको छ ।

आगामी मे ३० मा हुने मिस्टर ग्लोबल म्यानमारमा दिक्पाल जजको भूमिकामा समेत रहनेछन् । विदेशीहरुको यो स्तरको कार्यक्रममा आफू कोरियोग्राफरको रुपमा आमन्त्रित भएकोमा निकै उत्साहित भएको दिक्पालले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com