होमोफोयिबाबिरुद्ध दिवस : समलैंगिक गौरवता झल्काउने नेपाली टिसर्टमा तस्वीर अभियान


प्रकाशित मिति : जेष्ठ ३, २०७६ शुक्रबार

नेपाली मुलका चर्चित बेलायती बेलायती ब्लगर तथा समलैंगिक अभियन्ता लेक्स लिम्बुले होमोफोवियाबिरुद्धको दिवसको अवशर पारेर नेपाली टिसर्टमा समलैगिक गौरवता झल्काउने तस्वीर सार्वजनिक गरेका छन् । अगस्त १६ मा नेपालमा आयोजना गरिने लैंगिक अल्पसंख्यक परेडलाई मध्यनजर गरेर मेटाफर फेशनले नेपालसहित समलैगिक गौरव झल्काउने टिसर्टहरु ल्याएको हो । मे १७ लाई विश्वभर होमोफोबियाबिरुद्धको दिवसका रुपमा मनाउने गरिन्छ ।

लैंगिक अल्पसंख्यकका रुपमा आफूलाई चिनाउन चाहनेका लागिमात्र नभई लैंगिक अल्पसंख्यकको अभियानलाई समर्थन गर्नेहरुका लागि पनि प्राइड नेपाल टिसर्टहरु बजारमा ल्याइएको हो । मे १७ देखि २२ सम्म बेलायत, फ्रान्स र नेपालमा रहेका पाँचजनाले हरेक दिन समलैगिक गौरव झल्काउने टिसर्ट लगाएर तस्वीर सार्वजनिक गर्ने लेक्सले जानकारी दिए ।

९९९ रुपैयामा टिसर्ट किन्नका लागि यहाँ क्लिक गर्नुहोला ।

पहिलो दिन लेक्सले आफ्नो तस्वीर सार्वजनिक गरिसकेका छन् भने योग, सुवी, सफल र अविस्कारले मे २२ सम्म त्यस्ता तस्वीरहरु सार्वजनिक गर्नेछन् । अभियानको उद्देश्य समलैंगिक गौरवलाई स्मरण गर्ने र मनाउने रहेको लेक्सले जानकारी दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्ता टिसर्टहरु मेटाफर अनलाइनमार्फत ९ सय ९९ रुपैयामा किन्न सकिनेछ । समलिंगी नभएकाहरुले समेत यो अभियानलाई समर्थन गर्न त्यस्ता टिसर्टहरु किनेर लगाउन लेक्स लिम्बुले अनुरोध गरेका छन् । टिसर्ट बिक्रीबाट नाफाको रकम समलैंगिक अधिकारका क्षेत्रका काम गर्ने समुह र संस्थाहरुलाई प्रदान गरिनेछ । टिसर्टको डिजाइन साधारण र आकर्षक प्रकारको रहेको छ, जसमा स्वयम्भूनाथ लगायत नेपाल झल्काउने स्थान र सम्पदालाई चित्रित गरिएको छ ।

आफ्नै लैंगिकतालाई स्वीकार्नु वा गौरव गर्नुले आफ्नै यात्रामा सहजता वा समझदारीपन हुने लेक्स लिम्बुको विश्वास छ । लेक्स भन्छन् -‘आफैलाई प्रेम र सम्मान गर्न सकेमामात्र आफूभित्र भएको तागतको अनुभव गर्न सकिन्छ । म त्यस्ता व्यक्तिलाई उनीहरुको यात्राको लागि सहयोग गर्न चाहन्छु र जब उनीहरुका लागि कोही बोल्ने मान्छे आवश्यक पर्छ, म सुनिदिने व्यक्ति बन्न चाहन्छु ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com