अमेरिकामा दुई साना विमान ठोक्किँदा चार जनाको मृत्यु


प्रकाशित मिति : बैशाख ३१, २०७६ मंगलबार

अमेरिकाको अलास्कामा सोमबार भएकाे विमान दुर्घटनामा चार जनाकाे मृत्यु भएको छ । साेमकार एघार र पाँच जना यात्रु बोकेका दुई विमान आकासमा ठोक्किएर दुर्घटना भएको हो । ताकुवान एअरको विमान एघार जना यात्रु बोकेर उपचारका लागि अस्पताल लगिएको छ । विमानका पाइलटबारे कम्पनीले जानकारी दिएको छैन ।

पाँच जना सवार विमानका पाइलटसहित तीन जनाको मृत्यु भएको छ। उनीहरू तीनै जना अमेरिकी नागरिक थिए । अर्का एक जना मृतक कुन विमानमा थिए भन्ने यकिन भएको छैन। त्यस्तै दुई जना अझै वेपत्ता छन्।

दुवै विमानमा रोयल प्रिन्सेस क्रुज सिपका पर्यटक थिए। उनीहरू सात दिने भ्रमणमा हिँडेका थिए। कम्पनीले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै दुर्घटना स्थानीय समयानुसार १ बजे भएको जनाएको छ ।

दुर्घटनामा परेका विमान क्यानडाको भ्यानकोभर सहरबाट अलास्काको एंकोरेजको रूटमा आउँदै थिए । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ भने बाँकीको सामान्य छ। मृतकमध्ये एक जना क्यानाडाका नागरिक रहेको पनि पुष्टि भएको छ । दुर्घटनाको कारणबारे छानबिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com