मर्मतहुँदै मनकामना


प्रकाशित मिति : १८ माघ २०७३, मंगलबार

भूकम्पले ध्वस्त महत्वपूर्ण धार्मिक तथा ऐतिहासिक सम्पदा मनकामना मन्दिरको पुनर्निर्माण जारी छ । मन्दिरको पुननिर्माण २०७४ सालमा पूरा हुने अपेक्षा गरिएको छ ।

जीर्णोद्वार हुन थालेपछि सर्वसाधारण भक्तजनका लागि बाहिरै देवीको मूर्ति प्रतिस्थापन गरी पूजा गर्ने व्यवस्था मिलाइएको छ ।
पहिले पनि जीर्ण अवस्थामा रहेको मनकामना मन्दिर भूकम्पले झन तहस नहस बनाएको थियो ।

२०६८ सालमा नेपाल सरकार पुरातत्व विभागबाट भएको सर्भेमा आठ करोड ५० लाख लाग्ने अनुमान गरिएको थियो । भूकम्प र नाकाबन्दीका कारण काम प्रभावित हुँदा मन्दिर निर्माणको लागत बढेर ११ करोड रुपैँया पुग्ने अनुमान गरिएको छ । मनकामना मन्दिर दर्शन गर्नका लागि वार्षिक झण्डै १२ लाख तिर्थालु आउने गर्छन् ।

नेपाल सरकारबाट प्राप्त ४ करोड रुपैँयामध्येबाट जिर्णाद्धार समितिले साँढे सात किलो सुन किनेर लकरमा राखेको छ । नेपाल सरकारले ३५ प्रतिशत र भक्तजन तथा स्थानीयको जनसहभागितामा ६५ प्रतिशत रकम संकलन गरेर मन्दिरको पुननिर्माण गर्न लागिएको हो ।

मनकामना मन्दिरमा पुगेर खसोखासका नेपालस्थीत फोटोग्राफर सुधन पन्थी र सुवास तिवारीले खिचेका केही तस्विरहरु ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com