‘कम्पन’को दोश्रो संस्करण न्युयोर्कबाट लोकार्पण


प्रकाशित मिति : बैशाख २९, २०७६ आईतबार

पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक कम्पनको दोश्रो संस्करण न्युयोर्कबाट लोकार्पण गरिएको छ । न्युयोर्कको ज्याक्सनहाइटमा रहेको मुस्ताङ थकाली किचनमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो ।

नेपाल सरकारका महावाणिज्यदूत पुष्पराज भट्टराई, बरिष्ठ पत्रकार किशोर नेपाल, कम्पनका पात्र तथा सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियार, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, कानुनविद् तथा पुस्तकका पात्र खगेन्द्र जीसी र सामाजिक व्यक्तित्व डाक्टर विनोद शाहले पुस्तकको लोकार्पण गर्नुभयो । न्युयोर्कमा रहेका नेपालीहरु र विभिन्न संघ संस्थाका व्यक्तित्वबीच पुस्तकको लोकार्पण गरिएको हो ।

पुस्तक लोकार्पणपछि महावाणिज्यदूत पुष्पराज भट्टराई, कानुनविद् खगेन्द्र जीसी र डाक्टर विनोद शाहले पुस्तक नेपालको महाभूकम्पकको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्दै पुस्तकका लेखकलाई शुभकामना दिनुभयो । कार्यक्रम महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दुईचरणमा सम्पन्न कार्यक्रममा महाभूकम्पको असर र पुननिर्माणको अवस्थाबारे बहस समेत गरिएको थियो । पहिलो चरणको कार्यक्रमको सहजिकरण संचारकर्मी प्रदीप परियार थापाले गर्नुभएको थियो भने दोश्रो चरणको सहजिकरण संचारकर्मी सुरेश शाहीले गर्नुभएको थियो ।

कम्पनको पहिलो संस्करण गत बर्ष पूर्व प्रधानमन्त्रीहरु डाक्टर बाबुराम भट्टराई र माधवकुमार नेपाल लगायतले काठमाडौंमा आयोजित कार्यक्रमममा लोकार्पण गरिएको थियो भने विश्वब्यापी लोकार्पण मे ११ मा न्युयोर्कमा गरिएको थियो । पुस्तकको दोश्रो संस्करण नेपालमा दोश्रो ठूलो भूकम्प आएकै दिन न्युयोर्कमा लोकार्पण गरिएको थियो । नेपालको दोश्रो ठूलो भूकम्पमा डेढसय भन्दा धेरैको ज्यान गएको थियो ।

महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तकमा भूकम्पका पीडित, भूकम्पपछिको उद्दार र राहतमा खटिनेहरु, भूकम्पबाट बाँच्न सफल हुनेहरु लगायतका रोचक स्मरणहरु समेटिएको छ । दोश्रो संस्करणमा पहिलो संस्करणपछिका पुस्तकका समीक्षाहरु र भूकम्पको इतिहासलाई पनि समेटिएको छ ।

पुस्तक गुगल इबुकबाट प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला ।

पुस्तक फेसबुक सपबाट प्राप्त गर्न यहाँ क्लिक गर्नुहोला ।

 

View this post on Instagram

 

A post shared by Kishor Panthi (@kishorpanthi) on

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com