क्यानडामा मस्जिद हमलामा ६ को मृत्यु ८ घाइते, हमलाकारी मुस्लिम


प्रकाशित मिति : माघ १७, २०७३ सोमबार

क्यानडाको क्युबेक सिटीमा रहेको क्युबेक इस्लामिक कल्चरल सेन्टर नामको मस्जिदमा गोली चल्दा ज्यान गुमाउनेहरुको संख्या ६ पुगेको छ भने ८ जना घाइते भएका छन् । साँझको प्राथनामा जम्मा भएका ३९ जनाको बीचमा बन्दुकधारी प्रवेश गरेर गोली चलाएको थियो । यो आक्रमण आतंकवादी हमला भए नभएको प्रहरीले अनुसन्धान गरिरहेको छ ।

कालो कपडा लगाएका कम्तीमा दुईजना बन्दुकधारीहरुले प्राथना भइरहेको स्थानमा गोली चलाउन सुरु गरेका थिए । दुईजना बन्दुकधारीलाई नियन्त्रणमा लिइएको छ । उनीहरुमध्ये एकजनालाई मस्जिद नजिकै र अर्कोलाई राजमार्गनेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

हमलामा संलग्न संदिग्ध व्यक्ति मोरक्कोबाट क्यानडामा बसाई सराई गरेको व्यक्ति रहेको अनुसन्धानले देखाएको छ । हमलाकारीमध्ये एक आक्रमण अगाडि अल्लाहु अकबर भन्दै चिच्याएको थियो । आक्रमणकारी संदीग्धमध्ये एक मोहम्मद खादिर र अर्को अलेक्जेण्डर बिसोनेट रहेको जनाइएको छ । आक्रमणकारीमध्ये एकजनाले एके ४७ बोकेको थियो । हमला आइतबार बेलुका ८ बजेतिर भएको हो ।

क्यानडाका प्रान्तीय प्रमुख फिलिप क्वीलार्डले यसलाई आतंकवादी हमला भनेका छन् ।

प्रहरीले स्थीति नियन्त्रणमा आइसकेको जनाएको छ भने इस्लामिक कल्चरल सेन्टरले संयमता अपनाउन आग्रह गरेको छ । गलत हल्ला फिजाउनु अगाडि अनुसन्धान पर्खन सेन्टरले आग्रह गरेको छ ।

यही मस्जिदमा गत जुनमा सुंगुरको टाउको राखिएको थियो भने एकजनाले क्युबेकका मुस्लिमहरुलाई मार्ने धम्की दिएका थिए ।

कुरानले सुंगुरको मासु खान निषेध गरेको छ । रमादानको बेलामा मस्जिदमा सुंगुरको टाउको लगेर राखिनुलाई मुस्लिमहरुको अपमानका रुपमा हेरिएको थियो । क्यानडाका प्रधानमन्त्रीले अमेरिकामा शरण नपाएका मुस्लिमहरुलाई क्यानडामा स्वागत गर्ने बताएलगत्तै यो घटना भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com