क्यानडाको मस्जिदमा गोली चल्यो, कम्तीमा ५ को मृत्यु


प्रकाशित मिति : माघ १७, २०७३ सोमबार

क्यानडाको क्युबेक सिटी मस्जिदमा गोली चल्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ । मस्जिदका डाइरेक्टरले पाँचजनाको मृत्यु भएको जनाएका हुन् । घाइतेको संख्याबारे अहिलेसम्म थाहा हुन सकेको छैन । मस्जिदमा साँझको प्राथनामा कम्तीमा ४० जना भेला भएका थिए ।

दुईदेखि तीनजनासम्म बन्दुकधारीहरुले प्राथना भइरहेको स्थानमा गोली चलाउन सुरु गरेका थिए । एकजना बन्दुकधारीलाई नियन्त्रणमा लिइएको छ भने एकजना फरार भएको जनाइएको छ । घटनापछि मस्जिद आसपासमा ठूलो संख्यामा प्रहरीहरु उपस्थीत भएका छन् । मस्जिदमा गत जुनमा सुंगुरको टाउको राखिएको थियो भने एकजनाले क्युबेकका मुस्लिमहरुलाई मार्ने धम्की दिएका थिए ।

कुरानले सुंगुरको मासु खान निषेध गरेको छ । रमादानको बेलामा मस्जिदमा सुंगुरको टाउको लगेर राखिनुलाई मुस्लिमहरुको अपमानका रुपमा हेरिएको थियो । क्यानडाका प्रधानमन्त्रीले अमेरिकामा शरण नपाएका मुस्लिमहरुलाई क्यानडामा स्वागत गर्ने बताएलगत्तै यो घटना भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com