अमेरिकाको चर्चित ब्राण्डेड स्टोर मेसिजमा नेपाली मोडल बिमलेश अधिकारी स्टायल एम्बेसडर


प्रकाशित मिति : बैशाख २१, २०७६ शनिबार

कलाकार बिमलेश अधिकारी अमेरिकाको चर्चित ब्राण्डेड स्टोर मेसिजका स्टायल एम्बासडर बनेका छन् । १६० बर्ष पुरानो अमेरिकाको चर्चित ब्राण्डेड स्टोर मेसिजका अमेरिकाभर झण्डै साढे ६ सय स्टोरहरु रहेका छन् ।

साढे २ सय भन्दा धेरै म्युजिक भिडियो र आधा दर्जन चलचित्रमा अभिनय गरेका कलाकार अधिकारी तीनबर्षदेखि अमेरिकामा बस्दै आएका छन् । अधिकारी झण्डै डेढबर्षदेखि मेसिजसँग आवद्ध रहँदै आएका छन् ।

स्टायल एम्बेसडरका रुपमा उनको काम मेसिजमा बिक्रि हुने ब्राण्डहरुको प्रवद्र्धन गर्नु हुनेछ । मेसिजले आफ्ना प्रचारप्रसारमा समेत स्टायल एम्बेसडरका रुपमा बिमलेसलाई फिचर गर्नेछ ।

न्युयोर्कको हेराल्ड स्क्वायरमा रहेको मेसिज मल ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com