२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
खबर

राष्ट्रपति भण्डारीले राजाले जस्तै ‘मेरो सरकार’ भनेर सम्बोधन गरेपछि विरोध

राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम सम्बोधनमा नेपाल सरकारको सट्टा ‘मेरो सरकार’ भनेपछि विरोध भएको छ । गत वर्षसम्म राष्ट्रपतिले गर्ने सम्बोधनमा ‘यो सरकार’ र ‘नेपाल सरकार’ भनिएको थियो। पूर्व राष्ट्रपति रामवरण यादवले संसदमा गरेका सम्बोधनमा पनि नेपाल सरकार नै भनेका थिए ।

राजतन्त्रका बेलामा भने राजाले गर्ने सम्बोधनमा मेरो सरकार भन्ने गर्थे। गणतन्त्र स्थापनापछि पहिलोपटक राष्ट्रप्रपतिले पनि राजाले जस्तै मेरो सरकार भनेर सम्बोधन गरेपछि विरोध भइरहेको छ ।

नेपाली काँग्रेस, साझा विवेकशिल लगायतका दलका नेताहरुले सामाजिक सञ्जालहरुमार्फत यसको विरोध गरेका छन् भने सामाजिक सञ्जालमा सर्वसाधारणहरुले पनि यसको विरोध र टिकाटिप्पणी गरेका छन् ।

नीति तथा कार्यक्रम नेपाल सरकारले नै तयार पार्छ। सम्बोधनअघि संसद बैठकमै प्रधानमन्त्रीले नीति तथा कार्यक्रम राष्ट्रपतिलाई हस्तान्तरण गर्छन्। त्यसैले यसमा लेखिने भाषा र सम्बोधन सरकारले नै तयार पार्छ।

त्यसैले यसमा लेखिएको भाषा र सम्बोधनबारे राष्ट्रपतिलाई पूर्वजानकारी नहुने भएकाले राष्ट्रपतिले जे लेखिएको हो त्यही नै खुरुखुरु पढ्ने प्रचलन रहेको छ ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →