राज्य सांसद भण्डारी एएपिआई समन्वय समिति सभापति चयन
प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार

मेरील्याण्ड राज्य सांसद ह्यारी भण्डारी एशियन अमेरिकनहरुको समुह एएपिआईको सामुदायिक समन्वय समिति सभापतिमा चयन भएका छन् । ३० भन्दा बढी मुलुकहरुबाट अमेरिका आएहरुको समुह, मेरिल्याण्ड लेजिसलेटिभ एशियन अमेरिकन एण्ड प्यासिफिक आईसल्याण्डर एएपिआईको सभापति चयन भएका हुन् ।
यस समितिमा अमेरिकी मुलधारको राजनीतिमा चुनिएका प्रतिनिधिहरु मात्रै सदस्य या पदाधिकारी हुन पाउँछ । बिगत एक दशक देखी अमेरिकी मुलधारको राजनीतिमा सक्रिय भण्डारी राज्य समिति अन्र्तगतको हेल्थ एण्ड गर्भमेन्ट समितिका सदस्य समेत छन् ।
राज्य सांसद भण्डारीले हालै कान नसुन्नेका अभिभावकका छोरा छोरीले बिद्यालय र विश्वविद्यालयमा निशुल्क पढन पाउने बिद्येयक पास गराएका छन् ।