बिहेमा युवती जिस्क्याउँदा ज्यानै गयो !


प्रकाशित मिति : बैशाख १९, २०७६ बिहीबार

जन्तीले युवती जिस्क्याएपछि बेहुलापक्ष र बेहुलीपक्ष बिच झड्प भएको छ । युवती जिस्क्याएको निहुँमा गोरखामा बेहुलापक्ष र बेहुलीपक्षबीच भएको झडमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

बुधबार बेलुका साढे ८ बजे भएको उक्त घटनामा लमजुङ अल्काटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको हो ।
बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट बेहुली लिन गोरखाको पालुङटार–४ कुमाल गाउँ आएका जन्ती पक्षका युवाहरूले केटी जिस्क्याएको आरोपमा कुटाकुट भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com