अमेरिकामा एकबर्षमा २१ सय ३९ जना नेपाली विद्यार्थी ओभरस्टे, कारवाहीको तयारीमा सरकार


प्रकाशित मिति : बैशाख १८, २०७६ बुधबार

अमेरिकामा ओभरस्टे हुने नेपालीबारे अमेरिकी सरकारले रिपोर्ट सार्वजनिक गरेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको रिपोर्ट अनुशार अमेरिकामा ओभरस्टे हुने नेपालीहरुको दर आर्थिक बर्ष २०१८ मा अहिलेसम्मकै बढी रहेको छ ।

१० प्रतिशत भन्दा धेरै गैर आप्रवासी भिसा ओभरस्टे हुने देशमाथि विभिन्न खालका भिसा प्रतिबन्ध लगाउने गरी ट्रम्प प्रशासनले तयारी गरिररहेको बखत आर्थिक बर्ष २०१८ मा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरुको दर ३८ दशमलव ४ प्रतिशत रहेको छ । उनीहरु एफ, एम र जे भिसामा अमेरिकामा आएर ओभरस्टे हुनेहरु हुन् ।

कुल ओभरस्टे हुने नेपाली विद्यार्थीहरु ३८ दशमलव ४ प्रतिशत रहेपनि अमेरिकाभित्रै ओभरस्टे हुने नेपाली विद्यार्थीहरु आर्थिक बर्ष २०१८ मा ३६ दशमलव २८ प्रतिशत रहेका छन् । आर्थिक बर्ष २०१८ मा ५ हजार ६ सय २३ नेपाली नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा २१ सय ३९ जना अमेरिकामा नै ओभरस्टे भएको सरकारी रिपोर्टमा जनाइएको छ । ९९ जनाले ओभरस्टे भइसकेपछि अमेरिका छाडेपनि २ हजार ४० जना भने अमेरिकाभित्रै ओभरस्टे भएका छन् ।

आर्थिक बर्ष २०१७ मा जम्मा २२ दशमलव २२ प्रतिशत नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे भएका थिए । ३५५६ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा ७ सय ९० जना नेपाली विद्यार्थीमात्र ओभरस्टे भएका थिए । जसमध्ये अमेरिकाभित्रै ओभरस्टे हुनेहरु ७ सय १२ जना र ७८ जना ओभरस्टे भइसकेपछि अमेरिका छाड्नेहरु थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०१६ मा अमेरिकामा ओभरस्टे हुने नेपाली विद्यार्थीहरु जम्मा २५ दशमलव ३१ प्रतिशतमात्र रहेका थिए । यो बर्ष २८ सय ७३ जना नेपाली विद्यार्थीहरु भिसा सकिएर फर्कनुपर्नेमा ७२७ जना अमेरिकामा ओभरस्टे भएका थिए ।

आर्थिक बर्ष २०१८ मा अमेरिकामा विद्यार्थी भिसामा आएर ओभरस्टे हुने विश्वभरका आप्रवासीहरु ६८ हजार ५ सय ९३ जना रहेका थिए । जसमा मेक्सिको र क्यानडालाई भने समावेश गरिएको छैन । यो बर्ष अमेरिकामा ओभरस्टे हुने विश्वभरका कुल विद्यार्थीको प्रतिशत जम्मा ३ दशमलव ७३ प्रतिशतमात्र रहेको छ । आर्थिक बर्ष २०१८ मा अमेरिकामा सबै प्रकारका भिसामा विश्वभरबाट आएर ओभरस्टे हुनेहरु भने जम्मा १ दशमलव २२ प्रतिशतमात्र रहेका छन् ।

नेपाली विद्यार्थीहरु प्रतिशतका हिसाबले अमेरिकामा ओभरस्टे हुनेहरुमा विश्वमै चौथो नम्बरमा रहेका छन् । चाड, कंगो, इरिटेरिया र यमनपछि सबैभन्दा धेरै नेपाली विद्यार्थीहरु अमेरिकामा ओभरस्टे भएका छन् । तर यी चारदेशहरु भने कम भिसा प्राप्त भने देशहरुमा पर्दछन् । आर्थिक बर्ष २०१८ मा चाडका २९ जना, कंगोका २२२ जना, इरिटेरियाका ४० जना र यमनका ४५७ जना विद्यार्थीहरु अमेरिकामा ओभरस्टे भएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com