चालकलाई ८५ प्रतिशत कमिशन दिने लक्सोले नेपालीहरुसँग न्युयोर्कमा अन्तरकृया गर्दै


प्रकाशित मिति : बैशाख १७, २०७६ मंगलबार

चालकलाई ८५ प्रतिशत कमिशन दिने राइड एप्लिकेशन लक्सोले नेपालीहरुसँग अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । लक्सोले चालकलाई दिने कमिशन उबर, लिफ्ट, जुनो लगायतका कुनै पनि राईड एप्लिकेशनहरुको भन्दा धेरै रहेको छ ।

आगामी मे ५ तारिख आइतवार न्युयोर्कको ज्याक्सनहाइटमा रहेको थकाली किचनमा कार्यक्रमको आयोजना गर्न लागिएको हो । दिउसो १२ बजेदेखि ३ बजेसम्म हुने कार्यक्रममा उपस्थीतिका लागि लक्सोका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जयस श्रेष्ठले  अनुरोध गरेका छन् ।

न्युयोर्कमा मात्र यात्रुबाहक एप्लिकेशनहरु प्रयोग गर्ने हजारौं नेपाली चालकहरु रहेका छन्, उनीहरुलाई लक्ष्यित गरेर नेपालीकै लगानीमा लक्सो एप्लिकेशन बजारमा आएको हो ।

कार्यक्रममा विभिन्न एप्लिकेशनको प्रयोग गरेर यात्रु बोक्ने नेपाली चालकहरुलाई उपस्थीतिका लागि अनुरोध गरिएको छ । लक्सोले लक्सो ड्राइभर इन्सेन्टिभ दिएर नाफाको हकदार पनि बनाउने उद्देश्यका साथ अगाडि बढ्ने समेत निर्णय गरेको छ ।

अमेरिकामा नेपालीको लगानीमा लक्सो राइड, चालकलाई ८५ प्रतिशत

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com