एसाइलम सुनुवाईसम्मका लागि अहिलेसम्म १६ सयलाई मेक्सिको फिर्ता


प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार

विना भिसा अमेरिकाको सिमा क्षेत्रमा आएर एसाइलम दावी गर्ने १६ सय आप्रवासीहरुलाई अदालती सुनुवाईसम्मका लागि मेक्सिको फिर्ता पठाइएको अमेरिकी सरकारले पुष्टी गरेको छ । माइगे्रन्ट प्रोटेक्सन प्रोटोकल एमपीपी अन्तरगत उनीहरुलाई मेक्सिको फिर्ता पठाइएको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अधिकारीले जनाएका छन् ।

ट्रम्प प्रशासनले एसाइलम दावी गर्ने आप्रवासीहरुलाई अदालती सुनुवाईसम्म मेक्सिको फिर्ता पठाउने कार्यक्रम सुरु गरेपछि तीनसाता अगाडि संघीय अदालतले कार्यक्रममा रोक लगाउने गरी आदेश जारी गरेको छ । तर लगत्तै पुनरावेदन अदालतले कार्यक्रम जारी गर्न बाटो खुल्ला गरेपछि मेक्सिको फिर्ता पठाउने कार्यक्रम सुचारु भएको थियो ।

आप्रवासीलाई अदालती सुनुवाईसम्म मेक्सिको फिर्ता पठाउने कार्यक्रम गत जनवरीमा क्यालिफोर्नियाको सान डिएगो क्षेत्रको सान यिसिद्रो पोर्ट अफ इन्ट्रीबाट सुरु भएको थियो । यो कार्यक्रम एल पासो र एल सेन्ट्रो क्षेत्रमा पनि बिस्तार गरिएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com