पोखराको डेमसाइडमा नेपाली झण्डा सहितको पार्क यस्तो बन्दै


प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार

पोखरा १७ ड्यामसाइडस्थित ७ रोपनी जग्गामा पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा माछापुच्छे« प्रतिविम्ब पार्क बनाइने भएको छ । पार्कको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले संयुक्त रुपमा शिलान्यास गरे ।

शिलान्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए । पोखराका तालहरु र सुन्दरताको संरक्षण गर्न पोखरा महानगरपालिकासँग प्रदेश सरकार पनि सँगै रहेको सन्देश यो कार्यक्रमले दिएको बताए । उनले ताल संरक्षण विकास प्राधिकरणको गठन पनि अन्तिम चरणमा पुगेको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले ३ वटै सरकारको समन्वयमा मात्र विकास र समृद्धि सम्भव भएको बताए । उनले पार्क निर्माणसँगै पोखराका अर्को पर्यटकीय गन्तव्य थपिने विश्वास व्यक्त गरे । पोखरा महानगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले पोखराको सुन्दरतालाई जोगाउँदै पर्यटनका थप पूर्वाधार निर्माण गर्न महानगरपालिका लागि परेको बताए ।

फेवातालमा माछापुच्छे« हिमाल र राष्ट्रिय झण्डाको एकै समयमा प्रतिविम्ब देखिने गरी पार्कको डिजाइन गरिएको पोखरा महानगरपालिका सिनियर डिभिजन इन्जिनियर सोभियत खड्काले जानकारी दिए । उनका अनुसार पार्कमा ८० फिट अग्लो राष्ट्रिय झण्डा राखिने छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पोखराको डेमसाइडमा नेपाली झण्डा सहितको पार्क यस्तो बन्दै
पोखराको डेमसाइडमा नेपाली झण्डा सहितको पार्क यस्तो बन्दै

फेवाताल किनारमा करिब ४ करोडको लगानीमा निर्माण गरिने पार्कमा पहिलो चरणमा ४५ मिटर पर्खाल निर्माण, जग्गा सम्याउने, पार्क भित्र पैदल मार्ग निर्माण र दुबो लगाउन ७६ लाख २९ हजारमा बिनु कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । बिनु कन्स्ट्रक्सनलाई पहिलो चरणको काम सम्पन्न गर्न आगामी असार २० गते सम्म समय सिमा तोकिएको छ । यो काम गर्न गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र पोखरा महानगर पालिकाले आधा÷आधा रकम व्योर्होने छन् ।

आगामी आर्थिक वर्ष ३ करोडको काम गर्ने गरी तयारी गरिएको खड्काले जानकारी दिए । उनका अनुसार पार्क निर्माण पूरा भइसक्दा पार्कमा जाने अर्को पुल निर्माण, पानीको फोहोरा, टिकट काउन्टर, पिउने पानीको व्यवस्था, शौंचालय, बाल उद्यान, पेभेलियन, चिया पसल, खुल्ला व्यायम स्थल र ८० फिट अग्लो राष्ट्रिय झण्डा लगायतका संरचना निर्माण गरिने छ ।पार्क भित्र रहेको नागको मन्दिरलाई पनि व्यवस्थित गरिने खड्काले जानकारी दिए । पार्कको डिजाइन इन्जिनियर किसान गुरुङ र सोफिया गुरुङले गरेका हुन् ।

तस्बिर पनि छ । पार्कको शिलान्यास गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी । फेवाकिनार ड्यामसाइडमा निर्माण गरिने पार्कको डिजाइन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com