वायु सेवा निगमका प्रवक्ता क्याप्टेन विजय लामा निलम्बित
प्रकाशित मिति : बैशाख १६, २०७६ सोमबार
एक युट्यूबमा च्यानलमा विवादास्पद अन्तर्वार्ता दिएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामा निलम्बनमा पर्नु भएको छ ।
नेपाल वायु सेवा निगमका प्रवक्ता तथा क्याप्टेन विजया लामालाई प्रवक्ताकाे जिम्मेवारीबाट हटाएकाे छ । दाेहाेराे जिम्मेवारीका कारण उडानमा प्रभाव परेकाे बताउँदै आएका लामालाई निगमले प्रवक्ताबाट हटाएकाे हाे ।
सार्वजनिक मिडियामा नेपाल वायुसेवा निगमको आन्तरिक विषय सार्वजनिक गरेको र यात्रुको सुरक्षामा ध्यान नदिएको भन्दै पाइलट लामाबारे छानबिन गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले छानबिन समिति गठन गरेको थियो ।
लामालाई केही दिनअघि विवादास्पद अभिव्यक्तिबारे स्पष्टीकरण सोधिएको थियो । तर, उनले जवाफ चित्त बुझ्दो नभएको भन्दै प्राधिकरणले प्रवक्ताबाट हटाएकाे निगमका सहायक प्रवक्ता त्रिलोन पौडलले जानकारी दिए । लामा प्रवक्ता पदमा रहेसम्म जहाज उडाउन नपाउने भएपछि प्रवक्ताबाट पदमुक्त गरिएको निगमका सहायक प्रवक्ता पाैडेलले जानकारी दिए ।






