भूकम्पको बार्षिकीमा न्युयोर्कमा मैनबत्ति प्रज्वलन, ठगबाट जोगिन टीपीएसबाहकलाई आग्रह


प्रकाशित मिति : बैशाख १३, २०७६ शुक्रबार

नेपालमा गएको महाभूकम्पको बार्षिकीको अवशरमा न्युयोर्कमा मैनबत्ति प्रज्वलन गरिएको छ । आप्रवासी अधिकारका लागि कृयाशिल संस्था अधिकारको आयोजनामा न्युयोर्कको ज्याक्सनहाइटमा रहेको डाइभर्सिटी प्लाजामा मैनबत्ति प्रज्वलन गरिएको हो ।

न्युयोर्कका नेपालीहरुको सहभागिता रहेको कार्यक्रममा नेपालको टीपीएसको अवस्थाबारे जानकारी गराइएको थियो । कार्यकारी निर्देशक पबित्रा बेन्जामिनले नेपालीको टीपीएसबारे जानकारी गराउँदै अहिले टीपीएसमा रहेका नेपालहरुको टीपीएस जुन २४ पछि स्वत नविकरण हुने भएकाले ठगहरुबाट जोगिन सचेत गराइन् ।

नेपालको टीपीएसबारे थप जानकारी सहित अमेरिकी सरकारले छिट्टै अर्को सुचना प्रकाशित गर्ने सम्भावना रहेको र थप जानकारी आवश्यक भएका अधिकारमा सम्पर्क गर्न उनले सुझाव दिइन् । अमेरिकी अदालतमा टीपीएसबारेको मुद्दा विचाराधिन रहेको अवस्थामा नेपालको टीपीएस स्वत लम्बिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टीपीएसमा रहेकाहरुले अहिले कुनै कदम चाल्नु नपर्ने भएपनि बीचमा टीपीएस छाडेकाहरुले पुन प्राप्त गर्नका लागि बिलम्ब आवेदन दिन सकिने जनाइएको छ । बिलम्ब आवेदन दिएको खण्डमा सुरुमा टीपीएस प्राप्त गरेर पछि रि रजिस्ट्रेशन नगरेकाहरुले समेत टीपीएस प्राप्त गरिरहेको कानुन व्यवसायीहरुको अनुभव छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com