श्रीदेवीकी कान्छी छोरी खुसी पनि बलिबुडमा डेब्यू गर्दै


प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार

जान्ह्वी कपुरपछि अब उनकी बहिनी खुसी कपुर पनि चाँडै नै बलिउडमा डेब्यू गर्ने तयारीमा छिन्। खुसी आफैंले यो कुराको जानकारी दिएकी हुन् । जान्ह्वी र खुसी नेहा धुपियाको सेलिब्रिटी टक शो ‘बिएफएफ्स विद भोग’ मा पुगे । त्यहाँ उनीहरुले आफ्ना नीजि जीवनबारे कुराकानी गरे । साथै खुसीले आफ्नो बलिउड डेब्यूको योजना पनि सार्वजनिक गरिन् ।

खुसीले भनिन्, ‘ म चाँडै नै बलिउडमा डेब्यू गर्नेछु । पहिलो फिल्म म करण जोहरसँग गर्न चाहन्छु । तर मलाई थाहा छ कि मेरो फिल्मको हिरो मेरो बुवाले नै छान्नुहुनेछ । किनभने उहाँ मप्रति निकै प्रोटेक्टिभ हुनुहुन्छ ।’

नेहाको शोमा खुसीले बुवासँगको सम्बन्धबारे पनि कुराकानी गरेकी छिन् । खुसी भन्छिन्, ‘म घरकी कान्छी छोरी हुँ त्यसकारण बुवाले मेरो निकै ख्याल राख्नुहुन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेरो लागि घरमा कर्फ्यूजस्तो स्थिती हुन्छ । म कहाँ छु, कोसँग छु, कहिलेसम्म बाहिर बस्नेछुलगायतका सम्पूर्ण जानकारी बुवालाई दिनुपर्छ ।

एकपटक मैले बुवालाई साथीसँग भएको बताएकी थिएँ । बुवाले साथीलाई मेसेज गरेर हामी दुईजनाको फोटो माग्नुभयो ।’ खुसी भन्छिन्, ‘म कोसँग हुन्छु भन्ने कुराको बुवालाई विशेष चिन्ता हुन्छ ।

यदि म राम्रो मान्छेसँग छु भने बुवालाई कुनै समस्या हुँदैन । त्यसै कारण उहाँले नै फिल्मका लागि हिरो खोज्नुहुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com