२५ बर्ष पछि फेरी बन्दै ‘कुल्ली नम्बर १’ ,फिल्ममा बरुणसँग साराको जोडी


प्रकाशित मिति : बैशाख १२, २०७६ बिहीबार

बरुण धवनको जन्मदिनको अवसर पारेर उनका पिता डेविड धवनले एउटा ठूलो घोषणा गरेका छन्। २५ बर्ष अगाडि रिलिज भएको चलचित्र ‘कुल्ली नम्बर १’को रिमेक बन्ने भएको छ । यो चलचित्रको रिमेकमा नायक बरुण धवन पहिले नै पक्का भएका थिए ।

अब, यसमा अहिलेकी हटकेक नायिका साराअली खान पनि जोडिएकी छिन् । सारा र बरुणले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । सारा अहिले चलचित्र ‘लब आजकल २’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रको छायांकन अगष्टबाट सुरु हुनेछ ।

बरुण धवन र डेविड धवनले यसाघि चलचित्र ‘जुड्वा २’मा काम गरेका थिए । ‘कुल्ली नम्बर १’ २५ बर्ष अगाडि हिट भएको थियो । यसैले पनि छोराको करिअरमा यो चलचित्र फेरि बरदान साबित हुने निर्देशक धवनको विश्वास छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com