राष्ट्रपति भण्डारीलाई सियानमा विमानस्थलमा राजदुत द्धयले गरे स्वागत


प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि आज चीनको सियान पुग्नु भएको छ । चीनको सियानको विमान स्थलमा राष्टपति भण्डारीलाई चिनियाँ राजदुत र चीनकालागि नेपाली राजदुतले स्वागत गरेका छन् । चिनियाँ राजदुत यू होङ र लीलामणि पौडेलले स्वागत गर्नु भएको हो ।

राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको चार्टर्ड उडानबाट आज चीनको सान्सी प्रान्तको
सियान पुग्नु भएको हो । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले विदाई गर्नुभएको थियो ।

 

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसअवसरमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो । राष्ट्रपतिको विदाइका लागि सरकारका वरिष्ठ मन्त्रीहरु, उच्च अधिकारीहरु विमानस्थल पुगेका थिए । राष्ट्रपति भण्डारीसंग सान्सी प्रान्तका कम्युनिष्ट पार्टीका शिर्ष नेता एवं सरकारी अधिकारीहरुले भोलि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

भण्डारी भोलि सांझ सियानबाट बेइजिङ पुग्नुहुनेछ । उहांले चीनको राजधानी बेइजिङमा आयोजना हुने बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची छ । सम्मेलनको घोषणापत्रमा नेपालमार्फत यस क्षेत्रमा गरिने सहकार्यलाई राख्न पहल गरिने जनाइएको छ ।

 

आरआई अभियानमार्फत पूर्वाधार विकास, रेल र सडक सञ्जाल विस्तार, पर्यटन, संस्कृति, जनसम्पर्क, आर्थिक सहकार्यको विकास लगायतमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीन भ्रमणका क्रममा बेइजिङमा दुवै मुलुकका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com