विदेशी जहाज इमर्जेन्सी ल्याण्ड गर्न सक्ने बन्यो पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल


प्रकाशित मिति : बैशाख ११, २०७६ बुधबार

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्रा्ष्ट्रिय विमानस्थलको रनवे निर्माणको काम सकिएको छ । आयोजनाको निर्माण सुरु भएको डेढ वर्षमै निर्माणको मुख्य पार्टको रुपमा रहेको रनवे पूरा भएको हो।

अहिले एप्रोन (बिमान पार्किङ्ग गर्ने स्थान) निर्माणको काम सकिएको छ । बिमानस्थलका रनवेको सवै निर्माण सम्पन्न भइसकेको छ। ट्याक्सी वे र नाला निर्माण लगायतका कामहरु समेत अन्तिम चरणमा पुगेका छन्। मुख्य टर्मिनल भवनको काम दुई तिहाई सकिएको छ । अन्य भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

रनवे, टर्मिनल बिल्डिङ, हेंगर बिल्डिङ, कार्गो, एटिसीलगायत अन्य सहायक गरी विभिन्न एकदर्जन जति भवन निर्माणको काम चलिरहेको हो । ति मध्ये ७, ८ वटा भवनको निर्माण सकिएको छ। हेंगरको ढलान कार्य सकिएर स्टिल स्ट्रक्चरको काम समेत सकिएको छ ।

विमानस्थलको रनवे पूरा भएसंगै निर्माणको करिव ३५ प्रतिशत भन्दा बढि काम सम्पन्न भएको विमानस्थल निर्माण आयोजनाले जानकारी दिएको छ । पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल परियोजनाका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेललका अनुसार विमानस्थलको मुख्य कार्यकारुपमा रहेको रनवेको काम सकिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२ हजार ५ सय मिटरको यस विमानस्थलको रनवे नेपालकै नयाँ र नमुना योग्य प्रयोग गरिएको छ। अन्य विमानस्थलमा पिच गर्ने गरिएको भएपनि पनि यहाँ पहिलो पटक रनवे ढलान गरिएको हो । यो रन वेमा ३० वर्षसम्मको वारेन्टी रहेको छ । सरकारकाले बिमानस्थल उद्धाटन गरेदेखि नै तोकिएको अवधि भन्दा ६ महिना अगाडी नै तयार गर्न निर्माण कम्पनीलाई आग्रह गर्दे आएको छ।

अहिले चिनियाँ २ सय जना र नेपाली २ सय ५० जना गरि ४ सय ५० जनाले नियमीत रुपमा कामदार खटिएका छन् । चिनियाँ कम्पनी सीएएमसीले ०७१ वैशाख २९ मा ठेक्का पाएको र निर्धारित समयमा निर्माण पूरा नगरे नेपाल सरकारलाई क्षतिपूर्ति दिने शर्त छ ।

सम्झौताअनुसार कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ । तर सन् २०२०को डिसेम्बरभित्रै पोखरा विमानस्थल सञ्चालनमा ल्याइने गरी कार्य भैरहेको पौडेलले बताए।

एक्जिम बैंकको ऋण रकममध्ये ७५ प्रतिशत (बैंकको २ प्रतिशत ब्याजमा) र २५ प्रतिशत चीन सरकारको बिनाब्यायाजको ऋणमा विमानस्थल निर्माण भइरहेको छ ।चिनियाँ एक्जिम बैंकको झन्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तर्रा्िष्ट्रय विमानस्थल झन्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ ।

अन्तर्रा्िष्ट्रय नागरिक उड्डयन संस्था (आइकाओ) को मामदण्डअनुसार फोर ‘डी’ मोडलमा निर्माण गरिएको विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन् । विमानस्थलको धावनमार्गको लम्वाई २५ सय मिटर र रन वेको चौडाइ ४५ मिटरको रहेको छ।

विमानस्थलका लागि सरकारले ०३२ मा ३ हजार १ सय ६ रोपनी जग्गा लिएको थियो । त्यतिले नपुगेपछि ६ सय २९ रोपनी जग्गा थप अधिग्रहण गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com