‘सारेगमप’मा प्रितमको अर्को धमाकेदार प्रस्तुती, बरुण धवनले भने ‘कति ट्यालेन्ट तिमी’ (भिडियोसहित)


प्रकाशित मिति : बैशाख ९, २०७६ सोमबार

नेपालीहरुले सबैभन्दा धेरै सहभागिता जनाएको भारतकै चर्चित सिंगिङ रियालिटी शो “सारेगमप लिटिल च्याम्स” मा नेपालका २ बालकहरुले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । उनीहरुले प्रतिनिधित्व पनि यसरी गरिरहेका छन् की भारतीय प्रतिष्पर्धीहरुलाई पनि कडा चुनौती दिईरहेका छन् । इटहरीका ११ बर्षीय प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले नेपालीहरुको मात्र होईन भारतीयहरुको पनि मन जित्दै अगाडी बढिरहेका छन् । आज प्रसारण भएको कार्यक्रममा प्रितम आचार्यले आफनो प्रस्तुती दिएका छन् ।

चर्चित गायक कुमार सानु स्पेशल गरिएको कार्यक्रममा प्रितमले “मै खिलाडी तु अनाडी” फिल्ममा समाबेश गीत “चुराके दिल मेरा” गीत गाएका थिए । प्रितमले यो गीत यसरी खाए की भनीसाध्य छैन । कार्यक्रममा अतिथीको रुपमा आएक कलंक फिल्मका कलाकारहरु आएका थिए । जब प्रितमले गीत गाउँन थाले नायक बरुण धवन जुरुक जुरुक उठेका थिए । आलिया भट्ट र माधुरी दिक्षित प्रितमको गायनमा मन्त्रमुग्ध बने । पछिल्लो २ एपिसोडमा प्रितमले सय प्रतिशत ल्याउन सकिरहेका थिएनन् । तर आजको प्रस्तुतीमा उनले धमाकेदार कमव्याक गर्दे सय प्रतिशत नम्बर ल्याए ।

सोमा जुरीले दिएको यो नम्बर शोमा रहिरहनका लागि निकै जरुरी हुने गर्छ । जज तथा जुरी मेम्बरले प्रितमलाई स्ट्याण्डिङ ओभिएसन नै दिए भने जज अमाल मलिक त उनलाई थप प्रोत्साहन दिन स्टेजमै पुगेका थिए । भारतमा बिषेश गरी प्रितम “सन्देशे आते है” गीतबाट चर्चित बनेका थिए । उनले गाएको उक्त गीतको भिडियो बलिउडका चर्चित भन्दा चर्चित नायक तथा गायकहरुले समेत आफनो सामाजिक सञ्जाल एकाउण्टमा सेयर गर्दे प्रशंसा गरेका थिए ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com