होटल र चर्चमा भएको बम बिस्फोटमा परी १०५ को मृत्यु !


प्रकाशित मिति : बैशाख ८, २०७६ आईतबार

आइतबार इस्टरको मौकामा श्रीलङ्काका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम बिस्फोटको खबर छ । बीबीसी सिंहला सोका संवाददाता अज्जाम अमिनका अनुसार कोलम्बोमा ४७ को मृत्यु भएको छ । कोलम्बो जनरल अस्पतालले यसको पुष्टि गरेको हो ।

यस्तै, बट्टिकोलामा २५ को मृत्यु भएको छ भने पुलिसका अनुसार नेगम्बोमा मृतकको संख्या कम्तीमा ५० हुनसक्छ । यी बम बिस्फोटमा २४७ घाइते भएका छन् । घाइतेलाई कोलम्बोका विभिन्न अस्पतालमा भर्ना गरिएको छ ।

चर्चको भुँइ टुटेफुटेका टाइल, भाँचिएका काठपात र रगत लतपतिएको देखिएको छ । तर यी तस्वीरको प्रामाणिकता पुष्टी हुन बाँकी छ । बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । यो समाचार तयार पार्दासम्म उक्त घटनाको जिम्मेवारी कसैले लिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com