‘काल’ बन्दै दाइजो


प्रकाशित मिति : बैशाख ७, २०७६ शनिबार

तराई मधेसका महिलाहरु सुख सयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’कै कारण ‘काल’ बनेको छ ।

यस्तै खाले दुखद घटनको पछिल्लो उदाहरण बनेकी छन्, वीरगञ्ज महानगरपालिका, २३ प्रसौनी बिर्ताकी २८ वर्षीय अन्जुदेवी तात्वाँ । शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन लागेको बेला प्रहरीले नियन्त्रणमा लियो । सो घटनासँगै तराई मधेसका महिलाका लागि ‘ससुराल’ कति सुरक्षित या असुरक्षित भन्ने सवाल उठेको छ ।

प्रहरीका अनुसार अन्जुदेवीको शव जलाउन उनका पति पन्नलाल दास र उनका आफन्तले अन्तिम तयारी गरिसकेका थिए । यो समाचार रितेश त्रिपाठीले नागरिकमा लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com